शेरा दरबारको जग्गाबारे प्रचण्डलाई गृहमन्त्रीको जवाफ- सरकारलाई धन्यवाद दिन तयार भएर बसे हुन्छ (भिडिओ)
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारले गैरकानूनी काम गर्ने कसैलाई नछाड्ने बताएका छन्। प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा शेरा दरबारको जग्गाबारे प्रश्न उठेपछि गृहमन्त्रीले जवाफ दिएका हुन्।
एमालेका सांसद वासुदेव घिमिरेले गृहमन्त्रीलाई शेरा दरबारको जग्गाबारे सोधेपछि प्रचण्डले छानबिनमा सहयोग गर्न तयार रहेको बताएका थिए।
आफ्नो नाम मुछिएको प्रकरणमा प्रचण्डले भने, ‘राज्यको जमिन व्यक्तिको नाममा गएको छ भने कानून बमोजिम ल्याउनुपर्छ । छानबिन गर्दै जाँदा प्रचण्ड नै देखिएको छ भने पनि छानबिनको दायरामा ल्याऊँ। ललिता निवास जस्तै शेरा दरबारको जग्गा पनि कानूनविपरीत भए सरकारको नाममा फिर्ता ल्याएको छु। म यसलाई लागि सहयोग गर्छु, र धन्यवाद पनि भन्छु।’
प्रचण्डपछि बोलेका गृहमन्त्रीले शेरा दरबारको जग्गाबारे अनुसन्धान भइरहेको बताए।
उनले भने, ‘अहिले अनुसन्धान भइरहेको छ। कानून बमोजिम कारबाही हुन्छ। कुनै व्यक्ति र कम्पनीको नाममा गएको छ भने फिर्ता हुन्छ। समितिका सदस्य एवं आदरणीय हाम्रो नेता पुष्पकमल दाहाल प्रचण्डलाई पनि धन्यवाद दिन चाहन्छु। उहाँले सरकारलाई धन्यवाद दिन तयार भएर बस्नुभएको छ। सरकारले गर्नुपर्ने काम गर्छ र धन्यवाद दिन तयार भएर बस्दा हुन्छ।’
गृहमन्त्रीज्यु ! टीकापुर जग्गा पनि फिर्ता ल्याउनुस अनि बल्ल धन्यवाद दिउला ।