माओवादीद्वारा केन्द्रीय कमिटी बैठकको एजेण्डा तय – Nepal Press

माओवादीद्वारा केन्द्रीय कमिटी बैठकको एजेण्डा तय

काठमाडौं । नेकपा माओवादी केन्द्रले पुस २१ गतेदेखि बस्ने केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गरेको छ ।

बिहीबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले एजेण्डा तय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

जसमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ब्रिफिङ गर्ने, दोस्रोमा प्रदेशका अध्यक्षहरुले रिपोर्टिङ गरिने, साथै केन्द्रीय अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने एजेण्डा रहेका छन् । त्यस्तै, अहिले अन्तर्राष्ट्रिय परिवेशमा ध्यानमा राखेर राष्ट्रिय विषयका सबालमा ध्यान दिनुपर्नेबारे छलफल भएको उनले बताए ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले संविधान संशोधनका विषयमा पनि माओवादीको धारणा प्रस्तुत गरे । जसमा अग्रगमनका लागि संविधान गर्न सकिने तर सरकार उल्टो बाटो हिँडेको टिप्पणी गरे ।

त्यस्तै, उनले त्रिभुवन विश्वविद्यालयको सिनेटको बैठक सम्बन्धित प्राज्ञिक स्थानमै गएर गर्नुपर्ने बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिविको सिनेट बैठक सिंहदरबारमा गरेर मेरिटोक्रेसी र पारदर्शिताको विपरीत भएको बताए ।

त्यस्तै, अन्तर्राष्ट्रिय सबालमा सरकार बेखबर रहेको दाबी गरे । अन्तर्राष्ट्रिय विषयका बारेमा राष्ट्रिय सबालमा एक भएर कसरी बढ्ने भन्नेबारे पनि सरकार उदासीन भएको र सरकार असफल भएको सापकोटाले दाबी गरे ।

बैठकमा अध्यक्ष प्रचण्डले ६ महिना जनतामा जानुपर्ने बताएको सापकोटाले जानकारी दिए ।

त्यस्तै, परराष्ट्र नीतिका विषयमा पनि सापकोटाले माओवादी असंलग्न नीतिमा प्रतिवद्ध रहेको उल्लेख गरेका छन् ।


प्रतिक्रिया

One thought on “माओवादीद्वारा केन्द्रीय कमिटी बैठकको एजेण्डा तय

  1. उपरास्ट्रपति भएको मान्छे फ्लोरमा सेकिएर प्रचण्डको भासण सुन्दै तालि बजाउँदा गणतन्त्र बलियो भयो ??

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर