भीम रावलको आरोप नेकपाकालमा प्रचण्डले ओलीमाथि लगाएको १९ बुँदे अभियोगको ‘कपी पेस्ट’: प्रदीप ज्ञवाली (भिडिओ)
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीबाट निष्कासित नेता भीम रावलले हिजो गरेको गालीगलौजले उनीभित्र कति नकारात्मक कुराले भरिएको भन्ने प्रष्ट भएको बताएका छन् ।
च्यासलमा बसेको सचिवालय बैठकपछि ज्ञवालीले ओलीमाथि रावलका आरोप प्रचण्डले नेकपाकालमा लगाएको १९ बुँदे अभियोगको कपी पेस्टमात्र भएको टिप्पणी गरे ।
‘२०७७ कात्तिकमा प्रचण्डले १९ पेजको आरोप लगाएका थिए । एक किसिमले कपी पेष्ट हो । उहाँभित्र कति नकारात्मक कुराले भरिएको प्रष्ट भयो । गालीगलौजले देश बन्दैन । एक जमानामा प्रचण्ड र बाबुराम डिक्स्नेरीमा भएका शब्द खोजीखोजी गाली गर्नुहुन्थ्यो । रवि लामिछानेजीहरू त्यसैगरी उदाउनुभयो’, ज्ञवालीले भने, ‘हामी गालीगलौजको प्रतिस्पर्धामा छैनौं । देश बनाउने अभियानमा छौं । एमालेले त्यस्तो कुरालाई महत्व दिएर बस्दैन महत्वपूर्ण पनि ठान्दैन ।’
उनले थपे, ‘३१ पृष्ठको दस्ताबेजमा ३० पृष्ठ एक प्यारा गालीगलौज अर्को पौने प्यारा अभियान चलाउँछु भन्ने कुनै छलफल गरिरहनुपर्ने विषय लागेन । अपेक्षित नै हो यो । पार्टी त्यही कारण उहाँको सदस्यता कायम नरहने निष्कर्षमा पुगेको हो ।’
व्यक्तिवादी सोच, तनावपूर्ण जीवन नै मानसिक रोगको मुख्य कारण बनेको छ । तनावले कडा डिप्रेसन भएपछि मान्छेले राजनीतिमा हत्याको बाटो रोज्ने गर्छन् । विशेषज्ञहरू मानसिक रोगको समयमै पहिचान र उपचारको आवश्यकतामा जोड दिन्छन् ।