मन्त्री हाङ्गामको १०० दिन: सहकारी व्यवस्थापन र नियमनमा जोड – Nepal Press

मन्त्री हाङ्गामको १०० दिन: सहकारी व्यवस्थापन र नियमनमा जोड

विराटनगर । उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गामले १०० दिने उपलब्धि सार्वजनिक गरेका छन् ।

मन्त्री भएर आएपछि मन्त्रालयले गरेको कार्य प्रगति र उपलब्धिको बारेमा पत्रकार सम्मेलन गरी १ सय दिनमा आफू ऐन र कार्यविधि बनाउन लागि परेको बताए । उनले आफू मन्त्री भएपछि सहकारी व्यवस्थापनका लागि लागि परेको बताए ।

उनले भने, ‘सहकारीमा समस्या देखियो । सहकारी व्यवस्थापनका लागि सफ्टवेयरको समस्या समाधान गर्न कार्यविधि बनाएर सूचिकृत गरेका छौं ।’ उनले १७ वटा लेखा सम्बन्धी सफ्टवेयर कम्पनीले सूचिकृत गरेको मन्त्री हाङ्गामले बताए ।

मन्त्री हाङ्गामले १०० दिने कार्य प्रगतिमा सङ्कटग्रस्त सहकारी समस्या समाधान गर्न केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेशबाट समिति गठन गर्ने बाटो खोलेको उल्लेख गरेका छन् । ’सङ्कटग्रस्त सहकारीको समस्या समाधान गर्नकोलागि व्यवस्थापन समिति गठन गर्ने प्रक्रिया अघि बढेको छ, मन्त्री हाङ्गामले भने, मन्त्री परिषद्ले पुस १८ गतेको बैठकबाट समिति गठन भइसकेको छ ।

मन्त्रीले यो अवधिमा १० स्थानीय तहलाई खोरेत मुक्त बनाउन जेनिङ सहित खोप कार्यक्रम सञ्चालनमा रहेको, खोरेत रोग आयोजना सञ्चालन कार्यविधि बनेको, कृषि व्यवसाय सञ्चालन कृषि अनुदान कार्यक्रम तथा सहुलियतपूर्ण कृषि कर्जा सञ्चालनमा रहेको जानकारी दिए।

पत्रकार सम्मेलनमा उद्योग कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.शरणकुमार पाण्डेले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने काम भइरहेको बताए । बजेट कार्यान्वयन गर्न केही प्राविधिक समस्याहरू देखिएपनि अब समाधान भएर गएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर