परिवारले बुझ्यो सुस्मिताको शव, पोस्टमार्टमले खुलेन मृत्युको कारण – Nepal Press

परिवारले बुझ्यो सुस्मिताको शव, पोस्टमार्टमले खुलेन मृत्युको कारण

काठमाडौं । गौशाला, पिंगलास्थानमा मृत फेला परेकी २१ वर्षीया सुस्मिता खड्काको शव परिवारले बुझेको छ । आजै बेलुकी अन्त्येष्टिको तयारी रहेको मृतकका मामा उत्तम खड्काले बताए ।

प्रहरीले शव परीक्षण तथा पोष्टमार्टमका निम्ति महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाएको थियो । तर, मृत्युको यकिन कारण खुलिनसकेको खड्काले बताए ।

‘दुई दिनदेखि शव ढाडिएको रहेछ, त्यसैले कारण खुलेन’, उनले भने । खड्काको अन्त्येष्टि पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहमा हुँदैछ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *