कोशी प्रदेशका सङ्कटग्रस्त सहकारीको व्यवस्थापन समितिमा भरतबहादुर थापा – Nepal Press

कोशी प्रदेशका सङ्कटग्रस्त सहकारीको व्यवस्थापन समितिमा भरतबहादुर थापा

विराटनगरमा । कोशी प्रदेशमा रहेका सङ्कटग्रस्त सहकारीको व्यवस्थापनका लागि वरिष्ठ अधिवक्ता भरतबहादुर थापाको नेतृत्वमा समिति गठन गरेको छ । कोशी प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले थापाको अध्यक्षतामा सङ्कटग्रस्त सहकारी व्यवस्थापन समितिको गठन गरेको हो ।

बैठकले समितिको काम, कर्तव्य तथा अधिकार समेत टुङ्ग्याएको छ । थापाको नेतृत्वमा गठन भएको समितिमा सहकारी विज्ञको रूपमा झापाका धनप्रसाद सिवाकोटी र लेखा विज्ञको रूपमा जीवन काफ्लेलाई सदस्य तोकिएको छ ।

काफ्ले राष्ट्र सेवक सहकारी मोरङका अध्यक्ष हुन् । सदस्य सचिवमा भने उद्योग कृषि तथा सहकारी मन्त्रालयका रामकुमार श्रेष्ठ रहनेछन् । समितिमा एक जना सदस्य कोशी प्रदेश सहकारी सङ्घले पठाउने छ ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा भने समितिको नाम सार्वजनिक गरिएको थिएन । आज बसेको मन्त्रिपरिषद्को बैठकले समिति गठन गर्ने निर्णय गरेको हो । प्रदेश सरकारले गत कात्तिक ४ गते केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ राजपत्रमा सार्वजनिक गरेको थियो ।

अध्यादेशमा प्रदेश सहकारी ऐन संशोधन गर्दै कुनै सहकारी संस्था वा सङ्घलाई समस्याग्रस्त संस्था वा सङ्घको रूपमा घोषणा गरिएकोमा त्यस्तो संस्था वा सङ्घको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न प्रदेश सरकारले अध्यक्ष र सदस्य रहने गरी एक व्यवस्थापन समिति गठन गर्न सक्ने व्यवस्था छ ।

कानूनको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव भएको कानीनविद्मध्येबाट प्रदेश सरकारले नियुक्त गरेको व्यक्ति अध्यक्ष रहने व्यवस्था अध्यादेशमा छ । सहकारी क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव प्राप्त गरेका व्यक्तिहरूमध्येबाट प्रदेश सहकारी सङ्घले तोकेको एक जना व्यक्ति सदस्य, प्रशासन वा सुरक्षा वा अनुसन्धानका क्षेत्रमा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *