प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता – Nepal Press

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ ।

बिहीबार प्रधानमन्त्री ओली पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न भण्डारी निवास बुढानीलकण्ठस्थित चपली पुगेका थिए ।

करिब दुई घण्टा भएको भेटमा नेकपा (एमाले)को पछिल्लो राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

 


प्रतिक्रिया

One thought on “प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

  1. यो भेटलाई लिएर विजमाण्डुले जम्मै मनगढन्ते समाचार बनाएछ । यस्ता अनलाईनलाई कारवाही हुदैन ? यो मिडिया भन्ने चिज किन कानूनभन्दा माथि ? जसको बारेमा जे पनि लेखिदिने ? एउटा मान्छेले बलत्कार गरेको भनेर हावा समाचार बनायो । यो किन लेखिछ ? भनेर सोध्दा चित्त नबुझे खण्डन गर न भनेर ओठे जवाफ दियो । यस्तो १००% गलत समाचार लेख्नेलाई जेल सजाय हुनुपर्छ । कसैले पैसा नदिएको रिस लेखेर पोख्ने दलाली धन्दा गर्ने माध्यम भएको छ मिडिया । सम्पत्ति शुद्वीकरणमा अनुसन्धान गरौं सबैमिडिया हाउस र गनिएका पत्रकार सबैको जेल बास हुन्छ ल । यो ठोकुवा हो । यी सबै अवैध आम्दानीले बाँचिरहेका छन् । ईमानदारितापूर्वक पत्रकारिता गर्न खोज्ने नटिकेर पलायन भैहाल्छ । रविको ग्यालेक्सी फोरके किन चलेन र कान्तिपुर टिभि कसरी चलिरहेको छ भनेर कारण खोज्यो भने दलाल बनेर जे पनि लेखेर र धम्काएर चल्ने कि ईमानदारपूर्वक पत्रकारिता गर्ने भन्नेबीचको फरक हो यो । एउटा शेर छ अर्को पलायन भयो । त्यसैले दलाल मिडिया ठिक पार्ने दिन कहिले आउँछ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर