भावुक छु भन्दै प्रचण्डले भने- मेरो नियत र निष्ठा सफा छ भन्ने जनताले बिस्तारै बुझ्दै छन्
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू पछिल्लो पछिल्लोपटक प्रधानमन्त्री हुँदा भ्रष्टाचारविरुद्ध अभियान चलाएको बताएका छन् ।
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले गरेको कार्यक्रमलाई भ्रष्टाचारको अन्त्य गर्न एकले अर्कालाई दोषारोपण गरेर मात्रै नहुने बताए ।
उनले भने, ‘तर जहाँ भ्रष्टाचार भएको छ । समाजले मानेको छ । सदनमा प्रश्न उठेका छन् गम्भिर ढंगले जनताले हेर्न चाहेका छन् इमान्दारितासाथ लागेको । त्यसमा मेरो साथ रहन्छ भनेको छु ।’
उनले सरकारमा रहँदा जे बोल्दै आएको र अहिलेमा कुनै फरक नरहेको बताए ।
उनले थपे, ‘सरकारमा हुँदा जे बोल्थेँ । अहिले सरकार बाहिर हुँदा पनि त्यही बोलेको छु । म भावुक छु भन्ने सबैले बुझिसक्नुभएको छ । मेरो नियत र निष्ठा सफा छ भन्ने कुरा अब बिस्तारै जनताले बुझ्दै गएका छन् ।’
एक दुई वर्ष सरकारमा जान नपाए सहानुभुति बटुल्न रूँदै हिडने सम्भावना बढ्यो है ।
डा. बाबुरामले तिम्रो वर्णन तिम्रो निर्वाचन क्षेत्र गोर्खा पुगेर गरिराछन् त । सरकारबाट हटेपछी गोहीको आँसु किन झार्छौ । तिमीले जनतालाइृ दिएको धोका विर्सन लायक छैन । तिमी छेपारेका कुरा के गर्न र बाई ।