निजामती विधेयकमा लोक सेवाको सुझाव- प्रवेशका लागि ३२ वर्षे उमेर हद, ६० वर्षमा अवकाश (भिडिओ) – Nepal Press

निजामती विधेयकमा लोक सेवाको सुझाव- प्रवेशका लागि ३२ वर्षे उमेर हद, ६० वर्षमा अवकाश (भिडिओ)

काठमाडौं । लोकसेवा आयोगले निजामती सेवामा माथिल्लो तहमा १० प्रतिशत खुल्ला र ९० प्रतिशत आन्तरिक बढुवाबाट पदपूर्तिगर्नु उपयुक्त हुने सुझाव दिएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्वन्धमा छलफलका क्रममा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले सहसचिवमा १० प्रतिशत खुल्ला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न सुझाव दिएका हुन् ।

उनले निजामतीमा सेवा प्रवेशमा उमेर हद समावेशीमा ३७ वर्ष र खुल्लामा ३२ वर्ष राख्ने विधेयकको प्रस्ताव उचित रहेको बताए । त्यस्तै, अनिवार्य अवकाश ६० वर्ष कायम गर्ने व्यवस्था गर्न उनले सुझाव दिए ।

निजामती क्षेत्रमा ट्रेड युनियन पनि एउटामात्रै आधिकारीक रुपमा राख्नुपर्ने उनले बताए ।

त्यस्तै आयोगले स्थानीय तह र प्रदेशको प्रमुख प्रशासकीय अधिकृत र प्रदेश सचिव पनि संघ मातहत नै हुनुपर्ने सुझाव दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *