स्वास्थ्य बीमा सुधारका लागि गठित सुझाव समितिले मन्त्रीलाई बुझायो प्रतिवेदन (भिडिओ) – Nepal Press

स्वास्थ्य बीमा सुधारका लागि गठित सुझाव समितिले मन्त्रीलाई बुझायो प्रतिवेदन (भिडिओ)

काठमाडौं । स्वास्थ्य बीमा क्षेत्र सुधारका लागि सुझाव दिन गठित स्वास्थ्य बीमा सुधार कार्यदलले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई प्रतिवेदन बुझाएको छ ।

शुक्रबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच कार्यदलले आफ्नो प्रतिवेदन मन्त्री पौडेललाई हस्तान्तरण गरेको हो ।

प्रतिवेदनमा स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन वर्तमान अवस्थाको समिक्षा गर्दै भविष्यमा गर्नुपर्ने सुधारका कामहरु समावेश गरिएको छ ।

प्रतिवेदन बुझ्दै मन्त्री पौडेलले विद्यमान विमा व्यवस्थाले केही राहत भएपनि पूर्ण नभएकाले यसलाई व्यवस्थीत गर्दै अघि बढ्नका लागि थप अध्ययन गरिएको बताए ।

पौडेलले प्रतिवेदनका सुझावहरुलाई कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे । नागरिकलाई सहज हुने गरि बीमाको दायरा बढाउने गरि मन्त्रालयले तयारी गरिरहेको उनले बताए ।

मन्त्री पौडेलले स्वास्थ्य बीमा ५ लाखसम्म पुराउनका लागि स्रोत सुनिश्चितताको बिषयका बारेमा पनि अध्ययन गरिएको जिकिर गरे । स्वास्थ्य बीमालाई प्रभावकारी रुपमा अघि बढाउनका लागि मन्त्री पौडेलले यही असोज ९ गते वरिष्ठ जनस्वास्थ्य विज्ञ डा. शम्भुप्रसाद आचार्यको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *