सहसचिवमा बढुवाका लागि १८ जना सिफारिस (सूचीसहित)
बढुवा नहुने तर, बढुवाका २९ जना उम्मेदववारलाई पनि शतप्रतिशत नै अंक
काठमाडौं । नेपाल प्रशासन सेवाका १८ जना उपसचिव सहसचिव पदमा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा समितिको पुस १९ को निर्णयानुसार प्रशासन सेवाका उपसचिवलाई कार्यक्षमताको मूल्यांकनबाट बढुवा सिफारिस गरेको हो ।
उपसचिवबाट सहसचिवमा बढुवा हुनमा सिफारिस हुने पहिलो नम्बरमा प्रेमप्रसाद लुइँटेल, दोस्रो नम्बरमा रामदत्त पाण्डेय, तेस्रो नम्बरमा लक्ष्मण ढकाल, चौथो नम्बरमा विनीता भट्टराई र पाँचौ नम्बरमा दिलकुमार तामाङ रहेका छन् । यस्तै त्यसपछि क्रमस लक्ष्मी पाण्डेय, मनिता श्रेष्ठ, लोकबहादुर सुनार र जगदीश्वर उपाध्याय रहेका छन् ।
यस्तै नारद गौतम, निर्मल ढकाल, वीरेन्द्रकुमार मिश्र, राजेन्द्रकुमार हमाल, इन्द्रप्रसाद बस्याल, शिवप्रसाद चौधरी, दिव्यराज पोखरेल, पूर्णमान श्रेष्ठ र कृष्णबहादुर शाही बढुवा सिफारिस सूचीमा छन् ।
बढुवा समितिले कार्यक्षमताको मूल्यांकनबाट सिफारिस गरेका १८ जना उपसचिवलाई नै शतप्रतिशत अर्थात १०० अंक दिएको छ । सिफारिस भएका १८ जना मात्रै नभएर सिफारिसको १८ नम्बर भन्दापछिको बरियतामा रहेका २९ जना उपसचिवले पनि शतप्रतिशत अर्थात १०० अंक नै प्राप्त गरेका छन् ।