एमालेलाई भीम रावलको जवाफ- कुप्रचारले सत्यतथ्य छोपिँदैन – Nepal Press

एमालेलाई भीम रावलको जवाफ- कुप्रचारले सत्यतथ्य छोपिँदैन

'प्रचण्डसँग लगनगाँठो गरी एमाले भत्काउनेले मलाई प्रचण्डकै आरोपको फोटोकपी गर्यो भनेको सुहाउँदैन'

काठमाडौं । नेकपा एमालेबाट निष्कासित नेता डा.भीम रावलले देश, जनता, एमालेको सिद्धान्त र मान्यता विपरीत गरेका कामको जवाफ दिन नसकेपछि एमालेले आफूले बोलेको कुरालाई प्रचण्डले बोलका कुराहरूको फोटोकपी भनेको टिप्पणी गरेका छन्। उनले केपी ओलीले प्रचण्डसँग लगनगाँठो गरी एमाले बनाउने र भत्काउने गरेको आरोप लगाएका छन्।

एमालेले नेता रावलको आरोप नेकपाकालमा प्रचण्डले ओलीमाथि लगाएको १९ बुँदे अभियोगको ‘कपी पेस्ट’ गरेको दाबी गरेको थियो।

त्यसको जवाफ फर्काउँदै रावलले भनेका छन्, देश, जनता, एमालेको सिद्धान्त र मान्यता विपरीत गरेका कामको जवाफ दिन नसक्ने भएपछि मैले बोलेका तथ्य संगत कुराहरू प्रचण्डले बोलका कुराहरूको फोटोकपी रे! केपी ओलीले प्रचण्डसँग लगनगाँठो गरी एमाले बनाउने र भत्काउने गरेको काम, नेकपा छँदा गरेका विभिन्न राष्ट्र र जनताको हित विपरीत गरेका काम, आम निर्वाचनपछि फेरी प्रचण्डसँग गरेको साँठगाँठ र फेरि प्रचण्डसँग पारपाचुके गरेको काम तथा त्यसपछि गरेका गलत कामहरुको चर्चा प्रचण्डको आरोपको फोटोकपी नै हुन् र ?

२०६२/६३ को जनआन्दोलनका बेला तुलसी गिरी, तथा चुनाव र सरकारमा राप्रपा, राप्रपा, नेपाल, परिवार दल, जसपा, लोसपा र नेपाली कांग्रेससँग साँठगाँठ गर्ने केपी ओली दक्षिणपन्थीको बाहक र पृष्ठपोष रहेको अकाट्य तथ्य रहेको दाबी गरे।

उनले थपेका छन्, अकाट्य तथ्य हुँदा हुँदाहुँदै दक्षिण पन्थीको नाइके’ भीम रावल रे आफू नाइके भएको तथ्यमाथि पर्दा पो हाल्न सकिन्छ कि भन्ने कस्तो छट्ट तरिका ?

उनले एमालेलाई बामालेको संज्ञा दिँदै भनेका छन्, ‘काम्लो ओढेर घिउ खाने’ कतिपयका ’काम्ला’ उध्री सकेका छन्, कंहीका ’काम्ला’ टाल्ने दुस्प्रयास भइरहेको छर्लङ्ग हुँदाहुँदै भीम रावलले काम्लो ओढेर घिउ खाएको’ रे ? उनले आफ्नाविरुद्ध एमालेको कृप्रचारले सत्य–तथ्य नछोपिने जिकिर गरेका छन्।

रावलले थपेका छन्, ‘भीम रावलले यो पद उ पद ’पाएको’ ले सत्य–तथ्य र देश तथा जनताको हितमा केही नबोली चुप लाग्नु पर्ने रे! अरुले (त्यसमध्ये कति बदनाम र अयोग्य) अनेकौं पटक पदमाथि पद पाएको स्वाभाविक रे भीम रावलले पाएका पद र अवसर पाउनै नहुने र बढी रे!’

उनले एमालेले आफूविरुद्ध झुटा र तथ्यहीन कुराहरुको आधारमा प्रहार गरिरहेको भन्दै आफूले तथ्यको आधारमा सोधेका प्रश्नहरुलाई गालिगलौज भनेकोप्रति पनि आपत्ति जनाए।


प्रतिक्रिया

2 thoughts on “एमालेलाई भीम रावलको जवाफ- कुप्रचारले सत्यतथ्य छोपिँदैन

  1. अब खुरूक्क आफ्नो बाटो लाग ।एमालेको पछि लागेर नकराउ । आफू गरेर देखाउ । सक्छौ भने । अब पनि एमालेका कुरा गरेमा तिमी पक्का कसैको भरिया बनेर एमालेलाई कमजोर बनाउने अभियानमा छौ भनेर प्रमाणित नै हुन्छ ।

    1. @Ksp Pyl; यो मान्छे खड़गे वोलि को आचीनै खान जन्मेर उम्रेको कुपात्र रैछ|

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर