झापा इनर्जीको बोर्ड डाइरेक्टरमा दिपेन्द्र प्रसाईं
काठमाडौं । झापा इनर्जी कम्पनीको स्वतन्त्र बोर्ड डाइरेक्टरमा दिपेन्द्र प्रसाईं मनोनित भएका छन् । कम्पनीको छैटौं साधारण सभाले प्रसाईंलाई मनोनयन गरेको हो ।
सो कम्पनीले १० मेगवाट सौर्य उर्जा उत्पादन गर्दै आएको छ । नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनमा झापा इनर्जीबाट उत्पादित १० मेगावाट विद्युत जोडिएको छ ।
जिल्लाको शिवसताक्षी नगरपालिका–४ मा सञ्चालित यो आयोजना पूर्वपश्चिम राजमार्गको दुधेबाट १० किलोमिटर दक्षिण गाउँमा २१ बिघा क्षेत्रफलमा रहेको छ ।
सांसद एलपी साँवाको नेतृत्वमा ८१ करोडको लगानीमा ५ वर्षअघि यो परियोजना निर्माण सुरु भएको थियो । परियोजनामा माछापुच्छ्रे बैंक र सिभिल बैंकको ७५ प्रतिशत वित्तीय साझेदारी र २५ प्रतिशत स्थानीय सेयर छ ।
झापा इनर्जी प्रालि र प्राधिकरणबीच २०७८ मङ्सिर १२ गते विद्युत् खरिद सम्झौता भएको थियो ।