नेविसंघ अध्यक्षमाथि भूकम्पको राहत र जय नेपाल कपका नाममा चन्दा उठाएर खाएको आरोप – Nepal Press

नेविसंघ अध्यक्षमाथि भूकम्पको राहत र जय नेपाल कपका नाममा चन्दा उठाएर खाएको आरोप

जय नेपाल कपका नाममा पैसा उठाउन आउनेलाई प्रशासनमा बुझाउन शेखर पक्षधर नेविसंघ नेता प्रेमिका राना मगरको आह्वान, भूकम्प पीडितका नाममा उठाएको रकम सार्वजनिक गर्न अध्यक्ष शेर्पालाई चेतावनी

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका दुई पक्षबीचको विवाद चुलिएको छ । शेखर कोइराला पक्षधर नेविसंघको नेतृत्व गरिरहेकी प्रेमिका राना मगरले अध्यक्ष दुजाङ शेर्पामाथि भुकम्प पीडितको राहतका लागि उठाएको रकम समेत अनियमतता गरेको आरोप लगाएकी छन् ।

मगरले शुक्रवार वक्तव्य जारी गर्दै भुकम्पले भत्किएको विद्यालय बनाउने भनेर उठाइएको रकमदेखि जय नेपाल कमको नाममा भइरहेको आर्थिक लेनदेन र चन्दा असुली रोक्न नेतृत्वको ध्यानाकर्षण गराएकी छन् ।

शेर्पा संस्थापन पक्षका हुन् । उनले गरेको एकलौटीविरुद्ध शेखर पक्षधर प्रेमिकाले समानान्तर समितिमार्फत काम गरिरहेकी छन्े । प्रेमिकाले शेर्पामाथि भुकम्पले भत्किएको विद्यालय पुननिर्माणका लागि यसअघि संकलित रकमको हिसाबकिताब पारदर्शी रुपमा सार्वजनिक गर्न माग समेत गरेकी छन् ।

वक्तव्यमा नेविसंघको नेतृत्व पार्टीले दिएको कार्यभार पूरा नगरी आर्थिक लेनादेन,चन्दा संकलन र व्यक्तिगत स्वार्थमा लागेको भन्दै कारवाहीको माग समेत गरेकी छन् ।

उनले जय नेपाल कपको नाममा पैसा उठाउन आउने र धाक धम्की दिदने जो कोही व्यक्तिलाई सार्वजनिक बहिस्कार गर्न र स्थानीय प्रशासनमा उजुरी गर्न समेत आग्रह गरेकी छन् ।

प्रेमिकाले अध्यक्ष शेर्पामाथि सरकारी तथा गैरसकारी संघ संस्था,व्यवसायी र विश्वविद्यालयहरुबाट समेत अनैतिकरुपमा पैसा उठाउने काम गरिरहेको आरोप समेत लगाएकी छन् । उनले अध्यक्ष शेर्पाले पैसा उठाउने क्रममा धाक धम्क िदिने,दबाब दिनेजस्ता गतिविधि गरेकोमा पार्टी नेतृत्वको ध्यानाकर्षण गराएकी छन् ।


प्रतिक्रिया

2 thoughts on “नेविसंघ अध्यक्षमाथि भूकम्पको राहत र जय नेपाल कपका नाममा चन्दा उठाएर खाएको आरोप

  1. सहि कुरा निस्कियो । काँग्रेस र माओवादी भनेकै पार्टीका नाममा चन्दा उठाएर नेताले खल्तिमा हाल्ने जात हुन् । एमालेले पारदर्शी हिसावले काम गर्दा हाहाकार गर्ने दलालहरू हेर नेविसंघको कुरा । माओवादीका साँसद राजन दाहालले पार्टीका नाममा उठाएको पैसा खाएर बाँकी रहेको ४५ लाख प्रचण्डको चितवनको घर बनाउन दिएको कुरा पनि आएको छ । काँग्रेस माओवादीका साँसद भनेका यस्तै हुन् ।

    1. एमाले चाहि झनै ठुलो नितीगत भ्रष्टाचार गर्ने पार्टि हो! धेरै खोक्न पर्दैन सबैलाई थाहा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर