विन्देश्वरी शाहको नेतृत्वमा दुई महिनामै बनेको थियो सार्क सचिवालय – Nepal Press

विन्देश्वरी शाहको नेतृत्वमा दुई महिनामै बनेको थियो सार्क सचिवालय

काठमाडौं । बुधवार ९२ वर्षको उमेरमा निधन भएकी नेपालकी प्रथम महिला राजदूत विन्देश्वरी शाहका पहिचान धेरै छन् । १९८९ फागुन २ मा जन्मेकी शाहलाई प्रेरणा मान्नेमा एक बंगलादेशकी अपदस्त प्रधानमन्त्री शेख हसिना पनि हुन् ।

भारतको लागि नेपालको तर्फबकाट नियुक्त हुने अन्तिम करिअर डिप्लोम्याट पनि उनी नै हुन् । २०४६ को जनआन्दोलनपछि शाहलाई फिर्ता बोलाइएपछि उनको स्थानमा जाने सबै राजदूतहरु राजनीतिक नियुक्त हुनेहरु छन् । परराष्ट्र मन्त्रालयका करिअर डिप्लोम्याटहरु छैनन् ।

शाह भारतमा सन् १९८८ अप्रिल १ मा राजदूत भएकी हुन् । शाहको योगदान नेपालमा स्थापना भएको सार्क सचिवालय बनाउनमा पनि छ । यसबारेमा विष्णु रिजालले सम्पादन गरेको ‘नेपालको कूटनीतिक अभ्यासः राजदूतहरुको अनुभव’ पुस्तककमा चर्चा गरिएको छ ।

नेपालको परराष्ट्र मन्त्रालय मातहतको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानबाट यसको प्रकाशन भएको थियो । तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र परराष्ट्रसचिव शंकरदास बैरागीको समयमा प्रकाशन भएको पुस्तकमा पूर्वराजदूत केदारभक्त श्रेष्ठले विन्देश्वरी शाहको नेतृत्वमा आफूसमेत सहभागी भएर तयार भएको सार्क सचिवालयको बारेमा कुरा गरेका छन् ।

सन १९८६ मा भारतको दक्षिण भारतीय सहर बैंगलोरमा आयोजना भएको दोस्रो सार्क शिखर सम्मेलनकै दौरान सार्क सचिवालय नेपालमा राख्ने तयारी भएको थियो । पाकिस्तानले प्रस्ताव गरेर अरु देशको समर्थनमा नेपालमा सचिवायल बन्ने तय भएको थियो ।

हतारोमा स्थापना भएको सार्क सचिवालय ठमेलमा पर्यटन विभागको लागि भनेर राखिएको भवनमा बनाइएको थियो । रंगरोगन, फर्निचर र अरु संरचनाहरुको मर्मतसंभारले तयार गरिएको सचिवालय दुई महिनामै तयार भएको थियो ।

सन् १९८७ जनवरी १७ मा औपचारिक रुपमा उद्घाटन भएको थियो । जसमा रादिन खट्नेमा एक नेतृत्वदायी अनुहार थिइन् शाह ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *