भैंसीको मासु चीन निर्यात गर्ने सझौताविरुद्ध शान्तिपूर्ण पदयात्रा (तस्बिरहरु) – Nepal Press

भैंसीको मासु चीन निर्यात गर्ने सझौताविरुद्ध शान्तिपूर्ण पदयात्रा (तस्बिरहरु)

काठमाडौं । भैंसीको मासु चीन निर्यात गर्ने सझौताविरुद्ध शान्तिपूर्ण पदयात्रा गरिएको छ । अहिंसावादी संघ, संस्थाहरूले काठमाडौंको भद्रकालीबाट त्रिपुरेश्वर हुँदै माइतीघर पुगेर पदयात्रा समापन गरेका हुन् ।

भारतले नमानेपछि नेपालमा बधशाला बनाउने जाल, भैंसीको मासु भन्दै गाई पनि सक्काउने चाल भन्ने नारासहित भैंसीको मासु निर्यात सझौताविरुद्ध शान्तिपूर्ण पदयात्रा गरिएको अहिंसावादी संघ, संस्थाहरूले बताएका छन् ।

साथै उनीहरुले नेपाल देवभूमि हो दानव भूमि नबनाऔं,सम्पूर्ण प्राणीप्रति करुणा भाव राखौं लगायतको नारा लेखेको प्लेकार्ड बोकेका थिए । उनीहरु चीनमा भैंसीको मासु भन्दै गाईको मासु निर्यात गर्न लागेको भन्दै विरोध जनाएका छन् ।


प्रतिक्रिया

One thought on “भैंसीको मासु चीन निर्यात गर्ने सझौताविरुद्ध शान्तिपूर्ण पदयात्रा (तस्बिरहरु)

Leave a Reply

Your email address will not be published. Required fields are marked *