प्रेमिकामाथि कारबाहीको माग गर्दै दुजाङले गुहारे कांग्रेस अनुशासन आयोग – Nepal Press

प्रेमिकामाथि कारबाहीको माग गर्दै दुजाङले गुहारे कांग्रेस अनुशासन आयोग

काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले केन्द्रीय सदस्य तथा शेखर कोइराला पक्षधर नेविसंघकी नेतृ प्रेमिका रानामगर माथि कारबाहीको माग गर्दै पार्टीमा उजुरी दिएका छन् ।

शेर्पाले कांग्रेसको केन्द्रीय अनुशासन आयोगमा उजुरी दिँदै प्रेमिकाले आफूमाथि लगाएको आर्थिक अनियमितता र चन्दा असुलीको छानविन गर्न समेत माग गरका छन् ।

शुक्रबार शेखर पक्षधर नेतृ प्रेमिका रानामगरले विज्ञप्ति जारी गर्दै दुजाङ शेर्पाले भूकम्पको राहतदेखि जयनेपाल कपको नाममा जबरजस्ती चन्दा संकलन गरेर आर्थिक अनियमितता गरेको आरोप लगाएकी थिइन् । नेविसंघमा लामोसमयदेखि संस्थापक पक्ष र शेखर कोइराला पक्षधरबीच विवाद रहेको छ ।

विवादका कारण महाधिवेशन हुन सकेको छेन । प्रेमिका राना मगरले शेखर पक्षको समान्नतर समितिहरु र समानान्तर गतिविधि गर्दै आएकी छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर