बेलायती सदनको कार्यक्रममा सम्बोधन गर्न जाँदै शेखर कोइराला
नेपाल प्रेस
२०८१ पुष २० गते ११:२५
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायती सदन वेस्ट मिनिस्टरको कार्यक्रममा सम्बोधन गर्ने भएका छन् ।
कांग्रेस नेता डा. गोबिन्द पोखरेलका अनुसार त्यसरी सम्बोधन गर्ने कोइराला प्रथम नेपाली नेता हुनेछन् । यस अगाडि नेपाली राजाहरुको बेलायत भ्रमण हुँदा दरबारमा सम्बोधन हुने गरेको पोखरेलले नेपाल प्रेसलाई बताए । सम्बोधन जनवरी १३ अर्थात पुस २९ मा हुने भएको हो ।
बेलायतसरकारको एशिया मामलाका विदेश राज्यमन्त्री क्याथराइन वेष्ट तथा उद्योग व्यापार क्षेत्रका मन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा पुस २५ मा कोइराला बेलायत प्रस्थान गर्नेछन् ।
प्रतिक्रिया