बझाङ एमालेलाई महासचिवको सुझाव- एकतावद्ध भएर अघि बढ्नुहोला
कैलाली ।नेकपा एमालेका महासचिव शंकर पोखरेलले बझाङ जिल्लाको नवनिर्वाचित कमिटीलाई एकतावद्ध भएर अघि बढ्न सुझाव दिएका छन्।
भर्खरै सम्पन्न अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको शुभकामना र बधाई दिँदै महासचिवले पार्टी बलियो बनाउनेगरी लाग्न सुझाव दिएका हुन्
‘हाल जिल्ला कमिटीमा नयाँ नेतृत्व आएको छ। पार्टी निर्देशनलाई अक्षरशः पालना गर्नु आवश्यक छ, जसले पार्टीलाई अझ बलियो बनाउँछ,’ महासचिव पोखरेलले भने, ‘पार्टी बलियो एकतावद्ध भएर अघि बढुनुहोला’
उनले नयाँ नेतृत्वलाई पार्टीका योजना र रणनीतिहरू तयार गर्न सक्रिय भूमिका खेल्न पनि आग्रह गरेका थिए। पालिका अधिवेशन फागुन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको बताउँदै उनले युवा नेतृत्वले पुराना नेताहरूको अनुभवको सुनेर योजना तथा रणनिति अपनाउन जोड दिए।
महासचिव पोखरेलले पार्टीको जिम्मेवारी पूरा गर्न सहकार्य र सल्लाहलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्दै नयाँ टिमले एमाले पार्टीलाई अझ सशक्त बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए ।