राप्रपा नेपालको बैठकमा अध्यक्ष थापाको राजनीतिक प्रतिवेदनमाथि छलफल – Nepal Press

राप्रपा नेपालको बैठकमा अध्यक्ष थापाको राजनीतिक प्रतिवेदनमाथि छलफल

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० नेपालको केन्द्रीय समिति बैठक आज जारी छ। हिजोबाट सुरु भएको बैठकमा आज कमल थापाको राजनीतिक र महामन्त्री राजाराम बर्तौलाको सांगठनिक प्रतिवेदनमाथि छलफल चलिरहेको छ।

हिजोको करिब दुई दर्जन नेताहरुले प्रतिवेदनमाथि आफ्नो धारणा राखेका थिए। आज पनि नेताहरुले आफ्नो धारणा राख्ने क्रम चलिरहेको महामन्त्री बर्तौलाले बताए।

छलफल पार्टीले अवलम्बन गरेको सिद्धान्तलाई हासिल गर्न सङ्गठन निर्माणलाई युद्ध स्तरमा अगाडि बढाउने, लक्ष्य प्राप्तिमा थोरै ढिलासुस्ती भय पनि गलत प्रवृत्तिसँग सम्झौता नगर्ने र सत्ता होइन सिद्धान्त केन्द्रित राजनीति गरेर जानू पर्नेमा नेताहरुले जोड दिएका छन्।

राजा र हिन्दुराष्ट्रको मुद्दा कमजोर पार्न देशीविदेशी शक्तिहरुले गरिरहेको षड्यन्त्र विस्तारै जनताले बुझ्न थालेको बैठकको निष्कर्ष छ।
बैठकले पार्टीको भावी कार्यदिशा, स्थानीय तहको अधिवेशन, महाधिवेशन केन्द्रित अभियानबारे निर्णय गरेर आजै टुंग्याउँने तयारी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर