संस्कृत वाङ्मयमा मौलिकताको रक्षाका साथै आधुनिकीकरण गर्ने उपकुलपति नेपालको प्रतिबद्धता
काठमाडौं । नेपाल संस्कृत विश्वविद्यलयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालले प्राचीन ऋषिमहर्षिहरुको लामो तपस्याद्वारा निःसृत संस्कृत वाङ्मयमा ज्ञानविज्ञानको धारा प्रवाहित हुँदै आएकाले यसको मौलिकताको रक्षाका साथै आधुनिकीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेपाल संस्कृत विश्वविद्यालयको ७७ औँ सभा–बैठकमा बौल्दै उपकुलपति नेपालले उक्त कुरा बताएका हुन् ।
विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओली, सहकुलपति एवम् शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई समेतले सम्बोधन गरेको उक्त बैठकले आर्थिक वर्ष २०८१९०८२ को वार्षिक शैक्षिक कार्यक्रम तथा आयव्यय बजेट पारित गरेको थियो ।