सरकारका प्रवक्ता गुरुङको टिप्पणी- प्रधानमन्त्रीले घुस खान दिन्न भनेपनि जनताले दिन परिरहेकै छ (भिडिओ)
काठमाडौं । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्रीले म पनि घुस खान्न, अरुलाई पनि खान दिन्न भनेपनि जनताले सरकारी कामकाज गराउनुपर्दा घुस दिन बाध्य भइरहेको बताएका छन्।
सरकारका प्रवक्ता समेत रहेका गुरुङले दिगो पर्यटन सहकारीको साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले घुस खान्न दिन्न भनेपनि तलका अहेवहरुले घुस खाइरहेको दाबी गरे।
उनले भने, ‘अहिले प्रधानमन्त्रीले म पनि घुस खान्न अरुलाई पनि खान दिन्न दिदिनै भनिराख्नुभएको छ। तर, तलका अहेवहरुले घुस खाइरहेकै छन्। जनताले घुस दिन परिरहेकै छ। जनतालाई थाहा छ नि। ठूला मान्छेलाई कसरी थाहा हुन्छ, मैले घुुस खाए भनेर भन्न कसैले आउँदैन। जनताले मैले उसलाई घुस दिए भन्नलाई प्रधानमन्त्रीकहाँ पहुँच नै पुगेको छैन। हाम्रो सिस्टम त्यस्तो छ। सामान्य मान्छेले भेट्नै पाउँदैन। जिल्लातिर गएको बेलामा बेग्लै कुरा हो। त्यही पनि हामीजस्तो कार्यकर्ताले धेरेर आम जनतालाई भेट्दै दिँदैनन्।’
उनले सहकारीको समस्या समाधान गर्नको लागि सरकारले अध्यादेश ल्याएको पनि जानकारी गराए।
सरकारमा बसेर लाजै नमानी के बोलेको यसले ? घुस दिने र लिने काम भएको छ भने के हेरेर बसेको छस् ? कारवाही गर्नुपर्दैन ? यसलाई यहि कुरा बोलेको आधारमा सरकारबाट हटाउ ओलि । यसले नजानिदो पाराले ओलि सरकारको विरूद्व कुरा गरिरहेको छ । अशोक राईहरूलाई पार्टीबाट हटाएर राजा हुन खोज्ने यहि हो ।