भीम रावललाई स्वागत गर्न नेकपा एस र दुर्गा प्रसाईँका कार्यकर्ता विमानस्थलमा
विराटनगर । नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरी कारवाहीमा परेका भीम रावललाई विराटनगरमा स्वागत गर्न एकीकृत समाजवादीका नेता तथा कार्यकर्ता र राजावादीहरू विराटनगर विमानस्थलमा पुगेका छन् ।
केही दिन अघि एमालेबाट कारवाहीमा परेका रावललाई स्वागत गर्न एकीकृत समाजवादीका नेता वसिम आलाम नेतृत्वको समूह विमानस्थल पुगेको हो । आलाम एकीकृत समाजवादीका केन्द्रीय सदस्य हुन् ।
रावललाई विमानस्थलमा स्वागत गर्न सतिस पोख्रेलको समूह पनि विराटनगर पुगेको छ । उनी राजसंस्था फकाइनुपर्छ भन्दै अभियान सञ्चालन गर्दै आएका छन् ।
उनी दुर्गा प्रसाईँले नेतृत्व गरेको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानमा समेत आबद्ध छन् ।
उनी शिव सेना मोरङको अध्यक्ष समेत भएका थिए । अहिले भने उनी शिव सेनामा आबद्ध छैनन् । विमानस्थलबाट रावल भरौल भेट्रान गोल्ड फुटबल प्रतियोगिताकाे आयाेजककाे गाडी चढेर सुनसरी गएका छन् । सुनसरीमा भरौल भेट्रान क्लबले आयोजना गर्ने अन्तर्राष्ट्रिय आमन्त्रण भरौल भेट्रान गोल्ड फुटबल प्रतियोगिताको उद्घाटन गर्न रावल सुनसरी आएका हुन् ।
तर, उनी उद्घाटनका लागि आए पनि प्रतियोगिता भने अन्तिम समयमा आएर सरेको छ । हिजो साँझ प्राविधिक कारण देखाउँदै प्रतियोगिताको उद्घाटन सरेको आयोजकले जनाएको छ । क्लबका अध्यक्ष पूर्व राष्ट्रिय खेलाडी विमल कार्की हुन् । उनले खेल मैदान व्यवस्थापनको काम नसकिएकाले उद्घाटन सरेको बताए ।
राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानका अभियन्ता पोख्रेलले नागरिक बचाउने अभियानमा भीम रावल पनि जोडिएकाले आफू भीम रावलसँग जोडिएको बताए ।
उनले भने, ‘हाम्रो अभियान मिलेको छ । अब उहाँ पनि हामीसँगै नागरिक बचाउने अभियानमा लाग्नु हुने छ ।’ समाजवादीका केन्द्रिय सदस्य आलामले अहिले उनी कुनै पाटीमा नरहेको र उनले राष्ट्रबादी अभियान शुरु गर्नु भएकाले आफू विमानस्थल गएको बताए ।
माओवादी, दुर्गावादी र समाजवादीका नेता कार्यकर्तालाई दिल्लीले एकमात्र काम दिएको छ – नेकपा एमालेलाई कमजोर बनाउने । उनीहरूको राजनीतिको एकमात्र उद्देश्य कमाउने र एमाले कमजोर बनाउने हो । भिम रावल पनि त्यहि वादी हुन् । त्यसैले स्वागत गर्न जस्तालाई तस्तै त आईहाल्छन् नि । अब कुनै दिन बिस्नोईको नामबाट फोन गरेर पैसा असुल्न शुरू हुन्छ ।