नयाँ वर्षको अतिसबाजीले पाँच जनाको ज्यान गएपछि जर्मनीमा प्रतिबन्धको माग – Nepal Press

नयाँ वर्षको अतिसबाजीले पाँच जनाको ज्यान गएपछि जर्मनीमा प्रतिबन्धको माग

काठमाडौं । हालासालै सकिएको नयाँ वर्ष उत्सवको बेला गरिएको अतिसबाजीमा परेर पाँच जनाको ज्यान गएपछि जर्मनीमा अतिसबाजी बन्दको माग उठेको छ ।

जर्मनीको विश्व च्यानल डिडब्लूका अनुसार २ लाख ७० हजार भन्दा धेरै जर्मनहरुले अनलाइनबाट एक पेटिसनमा हस्ताक्षर गरेर प्रतिबन्धको काम गरेका छन् ।

शुक्रबार जर्मनीका अग्नि नियन्त्रकहरुसँग बोल्दै चान्सलर ओलाफ सोल्जले नियमन आवश्यम भएको बताएका थिए ।

तर, उनले प्रतिबन्ध नै हुने वा नहुने भन्नेमा भने केहि खुलाएनन् । यस्तै बर्लिनका मेयर काइ वेग्नरले पनि नियमहरु लागु गर्न आवस्यक भएको बिहिबार बताएका छन् । उनले भने प्रतिबन्धको भने बिरोध गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर