६० लाख डलर खर्चेर माल्दिभ्सको सत्ता पल्टाउने अमेरिकी अखबारको समाचारमा भारतीय खण्डन
काठमाडाैं । हालसालै अमेरिकी अखबार वासिङटन पोस्टले ६० लाख अमेरिकी डलर खर्चेर भारतले माल्दिभ्सका राष्ट्रपति माेहमद मैजूलाई सत्ताबाट हटाउने तयारी गरेको समाचार भारतले खण्डन गरेको छ ।
भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधिर जैसवालले समाचारको शुक्रबार खण्डन गरेको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।
आरटीका अनुसार भारतीय गुप्तचरहरुले माल्दिभ्सको विपक्षी दल माल्दिभियन डेमोक्रेटिक पार्टीले मागे अनुसारको ६० लाख अमेरिकी डलर खर्चेर सत्ता ढाल्न खोजेपनि असफल भएको समाचारको भारतले खण्डन गरेको हो ।
सन २०२३ नोभेम्बरमा सत्तामा आएका माल्दिभ्सका राष्ट्रपति माेहमद मैजूसँग भारत बेखुस छ । उनलाई चीन पक्षधर नेता भन्दै भारतीय मिडियाहरुले चित्रण गरिरहेका छन् ।
भारतले सांसद किनेर सत्ता पल्टाउने खबर अमेरिकाबाट प्रकाशन हुनु भन्दा माल्दिभ्सको संविधान संसोधन गरिएको थियो । गत नोभेम्बर २० मा भएको संसोधन अनुसार एक दलबाट चुनिएको सांसदले अर्को दलमा प्रवेश गर्न नपाउने, स्वतन्त्र उठेको उम्मेदवारले अर्को दलमा प्रवेश गर्न नपाउने र गरेको खण्डनमा संसद पद जाने तथा माल्दिभ्सको जल, स्थल र हवाई भूभागको परिवर्तन गर्न संसदको तीन चौथाई मत आवश्यक हुने लगायतका संसोधन भएका थिए । मैजूको दलबो बहुमतबाट त्यो संसोधन गरिएको थियो ।
यो खबर साँचो हुनुपर्छ । भारतको कामै यस्तै हुन्छ । उसको पिछलग्गु नभए हटाउन खोज्छ । नेपालमा पनि भारतले ओलि सरकार हटाईदेला र खाउँला भनेर प्रचण्ड मुख आँ गरेर बसेका छन् ।