राप्रपा नेपालको महाधिवेशन २०८२ मंसिरमा, विचार मिल्नेसँग एकता गर्ने निर्णय (भिडिओ) – Nepal Press

राप्रपा नेपालको महाधिवेशन २०८२ मंसिरमा, विचार मिल्नेसँग एकता गर्ने निर्णय (भिडिओ)

भ्रष्ट व्यवस्थाविरुद्ध र राजसंस्थाको पुनःस्थापनाको पक्षमा चैतदेखि जनसंघर्ष थाल्ने

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले पार्टीको केन्द्रीय महाधिवेशन २०८२ मंसिरमा गर्ने निर्णय गरेको छ । काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकले २०८२ मंसिर १३, १४ र १५ गते पार्टी महाधिवशेन गर्ने निर्णय भएको प्रवक्ता वसन्तमान सिंह अधिकारीले बताए ।

भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति, सनातन हिन्दू राष्ट्र र राजसंस्थाको पुनःस्थापना, भ्रष्टाचार नियन्त्रणको निम्ति जनलोकपालको व्यवस्था, संकटग्रस्त सहकारी संस्थाहरूको राष्ट्रियकरणलगायतका माग राखेर राप्रपा नेपालले २०८१ चैतदेखि जनसंघर्ष शुरु गर्ने पनि निर्णय गरेको छ ।

उनले भने, ‘सर्वदलीय सहमतिको आधारमा देशमा एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने उद्देश्य प्राप्तिका लागि समान विचारधारा भएका दल वा समूहहरूसँग सकेसम्म एकता गर्ने तथा एकता सम्भव नभए जो–जोसँग हुनसक्छ, सहकार्य वा मोर्चा बनाएर अघि बढ्ने निर्णय बैठकले गरेको छ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर