आमाको उपचारमा जाँदा दुर्घटनामा परिवार गुम्यो, सहाराविहीन भए दुई सन्तान र श्रीमती – Nepal Press

आमाको उपचारमा जाँदा दुर्घटनामा परिवार गुम्यो, सहाराविहीन भए दुई सन्तान र श्रीमती

कैलाली । ७२ वर्षीय जौमतीदेवी धामीको दाउरा काट्दा हातमा चोट लाग्यो । बुढेसकालमा आमालाई चोट लागेपछि ३६ वर्षीय छोरा बमबहादुरले उपचारको लागि सदरमुकाम चैनपुर लैजाने निधो गरे । बुवा र हजुरआमासँगै ६ वर्षीया छोरी आकृतिले पनि सदरमुकाम जाने भन्न थालिन् । त्यसपछि आमा र छोरीलाई लिएर सदरमुकाम चैनपुर लागेका बमबहादुर उतै अस्ताए।

तलकोट गाउँपालिका- २ धमेनामा से १ ज ८४३ नम्बरको जीप दुर्घटना हुँदा एकै परिवारका बमबहादुरसँगै आमा र छोरीको मृत्यु भएको हायो । दुर्घटनामा जीपका चालक, केदारस्यु गाउँपालिका- १ का ३२ वर्षीय शमशेर मल्लको पनि घटनास्थलमै मृत्यु भयो ।

बमबहादुरकी छोरी आकृतिलाई उद्धार गरी जिल्ला अस्पताल चैनपुर पुर्‍याइएको थियो, तर उपचारका क्रममा उनको पनि ज्यान गएको प्रहरीले जनाएको छ ।

बमबहादुर काठको काम गरेर घर चलाउँथे । उनकै आम्दानीले घर चल्दै आएको थियो । घरको आर्थिक भरोषा गुमाएपछि ३६ वर्षीया सुपारी, ११ वर्षीय छोरा आशिष र ९ वर्षीय छोरी आशिका अहिले साहराविहीन भएका छन् । आशिष कक्षा २ र आशिका कक्षा १ मा अध्ययनरत छन् ।

दुर्घटनामा ज्यान गुमाएका एकै परिवारको तलकोट- ४ मा सामूहिक दाहसंस्कार गरिएको छ ।

तलकोट गाउँपालिका र तलकोट- ४ को वडा कार्यालयले क्रिया खर्चबापत दिएको तलकोट- ४ का वडाध्यक्ष गोरख जेठाराले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर