एक पटक देशको नेतृत्व गर्ने इच्छा छ: विप्लव (भिडिओ)
काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले एक पटक देशको नेतृत्व गर्ने इच्छा व्यक्त गरेका छन् ।
काठमाडौंमा आयोजित नेकपाको ध्रुवीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीको केन्द्रीय कमिटीको निर्णयअनुसार अहिलेको पार्टी एकता शुरु भएको बताए ।
उनले भने, ‘माओवादीले पनि ध्रुवीकरणको कुरा गरिरहेको छ । तीन पटक सरकारको नेतृत्व गरिरहेकै छ । थुप्रै अवसरहरु पायो, तर के दियो भन्ने जनताको मनमा छ । हाम्रो पार्टीले पनि हामी क्रान्तिकारीहरुले पनि यो देशको लागि ध्रुवीकरण गर्दै देशको नेतृत्व गर्न चाहन्छौं । एक चोटी यो देशको नेतृत्व र सेवा नेकपाले गर्न चाहन्छ भन्ने कुरा हामीले राखेका छौं । हामी भन्न चाहन्छौं ।’
महासचिव विप्लवले आफूहरुको एकता कुनै दरबार, टी–इस्टेट र जग्गा हिनामिना तथा मन्त्री भएर विदेशमा पैसा पठाउन नभएको बताए ।