तस्बिरमा हेर्नुहोस् एमाले केन्द्रीय कमिटी बैठक
काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरू भएको छ ।
पार्टी मुख्यालय च्यासलमा केही बेरअघिबट बैठक सुरू भएको हो । बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समसायिम राजनीतिक परिवेशबारे ब्रिफिङ गर्ने छन् । त्यस्तै राष्ट्रिय राजनीतिक परिस्थितिसहितको विषयवस्तु समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
प्रतिवेदनसहित समसामयिक प्रस्तावमाथि प्रत्येक केन्द्रीय सदस्यलाई धारणा राख्न करिब तीन मिनेटको समय उपलब्ध गराइने उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए ।
राजनीतिक प्रतिवेदनमा पछिल्लो राजनीतिक अवस्थाको विवेचना, नयाँ सरकार गठनपछिको पहिलो बैठक भएकाले कांग्रेससँगको सहकार्यको औचित्य, आवश्यकता र सिर्जना गरेका अवसरको विश्लेषणलगायतका विषय समेटिने बताइएको छ ।
त्यस्तै आगामी कार्ययोजना, पार्टी सङ्गठन सुदृढीकरण, वर्तमान सरकार गठन, यसअघिका सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान संशोधन, आर्थिक सुधार, सहकारीलगायत विषय समेटिएको उपाध्यक्ष पाण्डेले बताए ।
बैठकमा ३५७ केन्द्रीय सदस्य, सात प्रदेशका अध्यक्ष र चारवटा केन्द्रीय आयोगका प्रमुख सहभागी छन् । दुई दिनभित्र बैठक सक्ने तयारी छ ।