एमाले छाड्नेलाई गोकुलको व्यंग्य- खाएको थालमा चुठ्नु राम्रो होइन – Nepal Press

एमाले छाड्नेलाई गोकुलको व्यंग्य- खाएको थालमा चुठ्नु राम्रो होइन

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी छाड्नेहरूप्रति व्यंग्य गर्दै खाएको थालमा चुठ्नु राम्रो नभएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले पार्टी छाडेपछि सराप्ने संस्कार वाहियात भएको बताएका छन् ।

उनले लेखेका छन्, ‘मान्छेको वास्तविक परीक्षण सजिलो, स्वार्थपुर्ति र पदीय महत्वकांक्षामा होइन, संकट, त्याग र संघर्षको समयमा हुन्छ । आफ्नै लागि आउनेहरू आए सकेजति लाभ लिए र गए । हाईट र लाईट एमालेकै टोपी, धोती अनि गुन्यु चोली लगाएर बढाए । खाएको थालमा चुठ्नु राम्रो होइन, झन् गएपछि सराप्ने संस्कार वाहियात नै हो ।

आज बिहानमात्र नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले आज बिहान फेसबुकबाट एमाले छाडेको घोषणा गरेका थिए ।


प्रतिक्रिया

One thought on “एमाले छाड्नेलाई गोकुलको व्यंग्य- खाएको थालमा चुठ्नु राम्रो होइन

  1. सर्वेन्द्रनाथ खनाल जिन्दगिभर जागिर खाएर एमाले छिरे ।यिनको निष्ठा नै जाँच नगरी एमालेले पुराना, य‍ोगदान गरेकालाई पन्छाएर उनलाई दुईदुई पटक साँसदको टिकट दियो । अहिले खुरूक्क पार्टी छोडे । यिनका कारण पुराना एमालेले चित्त दुखाए जुन पार्टीक‍ा लागि ठूलो घाटा हो । यस्ता दही चिउरे कही पनि टिक्दैनन टिक्न त । तर यस्तालाई पार्टीमा छिर्ने बितिक्कै किन भटाभट टिकट दिएक‍ो ? अब विचार गरोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर