एमाले केन्द्रीय कमिटी बैठक- सूर्य थापा र राजेन्द्र गौतमको संयोजकत्वमा दुई समिति गठन
काठमाडौं । नेकपा एमालेको आइतबारबाट शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने भएको छ ।
बैठकमा अध्यक्षको सम्बोधनसँगै अलग अलग दुई समिति गठन भएका छन् ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पोलिटब्युरो सदस्य सूर्य थापाको संयोजकत्वमा बहस नोट समिति गठन भएको छ । सो समितिको सदस्यमा केन्द्रीय सदस्य विष्णु रिजाल र निरज आचार्य सदस्य छन् ।
त्यस्तै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमको संयोजकत्वमा रघुजी पन्त र खगराज अधिकारी सदस्य रहेको समसामयिक प्रस्ताव समिति गठन भएको छ ।
तीन दिनसम्म चल्ने बैठकमा समूह बनाएर अध्यक्षको प्रस्तावमाथि छलफल हुने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।