माओवादी उपाध्यक्षको कुर्सीमा पूर्वउपराष्ट्रपति पुन, प्रचण्डपछिको वरीयता कायम – Nepal Press

माओवादी उपाध्यक्षको कुर्सीमा पूर्वउपराष्ट्रपति पुन, प्रचण्डपछिको वरीयता कायम

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक रुपमै पार्टी राजनीतिमा फर्किएका छन् । यसअघि स्थायी कमिटी बैठकमा पुगेका पुन आइतबारबाट शुरू भएको केन्द्रीय कमिटी बैठकमा उपाध्यक्षका हैसियतमा प्रचण्डसँगै बसेका छन् ।

बैठकमा मिलाइएको कुर्सी व्यवस्थापन अनुसार प्रचण्डपछिको वरीयतामा पुनलाई राखिएको छ । प्रचण्डको दायाँतिर श्रेष्ठ र बायाँतिर पुन रहनेगरी आसन व्यवस्थापन गरिएको छ । राष्ट्रपति र उपराष्ट्रपति भएका व्यक्ति सक्रिय राजनीतिमा फर्किनेमा पुन पहिलो भएका छन् ।

नेपालमा हालसम्म रामवरण यादव र विद्यादेवी भण्डारी राष्ट्रपति र परमानन्द झा तथा नन्दबहादुर पुन उपराष्ट्रपतिबाट बिदा भएका छन् । विद्या भण्डारी पनि एमालेको राजनीतिमा फर्किने चर्चा चलिरहेका बेला माओवादीले पुनलाई पार्टीको जिम्मेवारीमा फर्काएर सहज वातावरण बनाइदिएको छ ।


प्रतिक्रिया

2 thoughts on “माओवादी उपाध्यक्षको कुर्सीमा पूर्वउपराष्ट्रपति पुन, प्रचण्डपछिको वरीयता कायम

  1. लाजशरम नभएको नेता र पार्टी भएपछि यस्तै ह‍ो ।

  2. एमालेमा यस्तो गरेको भए अहिले दलाल मिडियालाई महिनौं समाचार बजाएर हात थाप्ने मौका हुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर