ऊर्जा क्षेत्रमा प्राविधिक जनशक्तिको ठूलो अभाव छ: मन्त्री खड्का – Nepal Press

ऊर्जा क्षेत्रमा प्राविधिक जनशक्तिको ठूलो अभाव छ: मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले देशमा प्राविधिक जनशक्तिको ठूलो अभाव देखिएको बताएका छन् ।

आइतबार पुल्चोक क्याम्पसमा प्रयोगशाला उद्घाटन समारोहमा बोल्दै उनले ऊर्जा क्षेत्रमा ठूलो धनराशी खर्च भइरहेको भए पनि जनशक्तिको ठूलो अभाव रहेको बताए ।

उनले भने, ‘ऊर्जा क्षेत्रमा ठूलो धनराशी खर्च भइरहेको छ । यस्तो खर्च भइरहँदा हाम्रो जनशक्ति कमजोर देखिएको छ । अस्तिमात्र म केही प्रोजेक्टहरु निरीक्षणमा जाँदै गर्दा टर्बाइनहरु रिपेरिङ गर्ने बेलामा जनशक्तिको असाध्यै ठूलो अभाव देखियो । त्यसकारण हामीलाई चाहिने जनशक्ति उत्पादन गरेर यही सदुपयोग गर्न पाइयो भने अरुको भर पर्न पर्दैन । रोजगारी पनि सिर्जना हुन्छन् ।’

मन्त्री खड्काले पछिल्लो समय नयाँ नयाँ प्रविधिहरु आइरहँदा प्रविधिलाई सुरक्षित गर्न के गर्न सकिन्छ भनी अध्ययन अध्यापन अत्यन्तै जरुरी रहेको बताए ।

उनले भने, ‘हरेक घरमा विद्युतीय सामग्री हुन्छन् । जोखिम खालका हुन्छन् । नयाँ नयाँ प्रविधीहरु आइरहेको छन् । त्यो प्रविधिको प्रयोग धेरैभन्दा धेरै गर्नुपर्नेछ । त्यसकारणले पनि यस्ता प्रविधिहरुलाई सुरक्षित गर्न के गर्न सकिन्छ भनी अध्ययन अध्यापन अत्यन्त गर्न जरुरी छ, थियो र भइरहेको छ ।’

ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले मुलुकभर विद्युतीकरण गर्दै बढीभन्दा बढी उत्पादित विद्युतलाई अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत व्यापार गर्ने उद्देश्यले राष्ट्रिय मार्गचित्रको आधारमा अगाडि बढिरहेको बताए ।

उनले भने, ‘मुलुकभर विद्युतीकरण गर्दै बढीभन्दा बढी उत्पादन गरेको विद्युतलाई अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत व्यापार पनि गर्ने भन्ने अभिप्रायले एउटा राष्ट्रिय मार्गचित्रको आधारमा अगाडि बढेका छौं ।’

विद्युत नियमन आयोगका अध्यक्ष डा.रामप्रसाद धितालले उत्पादकको प्राविधिक, प्रसारणका प्राविधिक पाटाहरुमा हुने कार्यान्वयनमा नियमनकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

उनले भने, ‘प्राविधिक विषयको कुरामा हामीले उत्पादकको प्राविधिक पाटाहमा, प्रसारणका प्राविधिक पाटाहरुमा वितरण र हाम्रा घरभित्रको प्राविधिक पाटाहरुमा मापदण्ड बनाउने र त्यसलाई कार्यान्वयन गर्ने भएको हुनाले यस्तो कामलाई कार्यान्वयन हुन्छ । पछि कार्यान्वयनमा नियमनकारी भूमिकामा जानेछौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर