पोखरामा गगन थापाबाट सहकारी पीडितलाई भेट्न इन्कार, पार्टी कार्यालय अगाडि झडप (भिडिओ)
पोखरा । पोखरा आएका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भेट नदिएको भन्दै सहकारी बचतकर्ताले विरोध जनाएका छन् । उनीहरूले पार्टी कार्यालय अगाडि प्रदर्शनसमेत गरे ।
नेपाली कांग्रेस कास्कीको पार्टी कार्यालयमा आज (आइतबार) दिनभर थापा राजनीतिक भेटघाटमा व्यस्त थिए । उनलाई भेट्न सहकारी पीडित संघर्ष समिति कास्कीका संयोजक एवम् हालका सूर्यदर्शन सहकारी सञ्चालक समितिका अध्यक्ष किरण श्रेष्ठलगायतको टोली आएको थियो ।
महामन्त्री थापाले भेट्न इन्कार गरेपछि किरण श्रेष्ठ त्यत्तिकै फर्किए । सहकारीसम्बन्धी मुद्दा अदालतमा चलिरहेका कारण सहकारी मुद्दासँग सम्बन्धित पक्षलाई महामन्त्री थापाले भेट्न नमानेको बताइएको छ ।
यता, रवि लामिछानेविरुद्ध यथेष्ट प्रमाण छ भनेर संसदमा बोलेका महामन्त्री थापासँग प्रमाण खोज्न रास्वपा समर्थक पनि पुगेका थिए । पार्टी कार्यालय अगाडि सहकारी बचतकर्तासँग हात हालाहाल पनि भयो ।
अनुसन्धान गर्दा प्रमाण मागेको भए प्रमाण कान्तिपुरले दिन्थ्यो, छोडेको कम्पनिको नाममा चलखेल भएछ, नेपाल हो। बेला बेलामा अनेक हुन्छ जुन जी बि राई उसैको कृपा फेरी अर्को मुद्दा थपिएछ। ५४ साल देखि को हर्बो र सहकारीको पैसा चलाएको आज सम्म किन पैसा फिर्ता भईन एकतर्फी न्युज बनाउने पत्रकारको नियत सबैलाई थाहै छ। रवि विरुद्ध कतिलाई न्युज बनाउन हतार हुने रहेछ देखिएकै छ। जिबी राईंको सर्कलका एकजना पनि नसमाई मुद्धा दर्ता भएको नबुझ्ने पत्रकारहरुले जे जानेको हो लेख्छन ।