एमाले बैठकमा प्रत्येक सदस्यलाई बोल्न ३ मिनेट, समूहगत छलफलको प्रचलन भत्कियो – Nepal Press

एमाले बैठकमा प्रत्येक सदस्यलाई बोल्न ३ मिनेट, समूहगत छलफलको प्रचलन भत्कियो

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठकमा राजनीतिक र सांगठनिक प्रस्तावहरुमाथि समूहगत छलफल गर्ने प्रचलन भत्काएको छ । नवौं महाधिवेशनपछि केन्द्रीय सदस्यहरुले बैठकमा पालैपालो बोल्ने प्रचलन हटाएर समूहगत छलफल र लिखित धारणा दिने गरिएको थियो ।

आइतबार शुरु भएको बैठकमा भने सबै सदस्यलाई आफ्नो धारणा स्वतन्त्रपूर्वक राख्न दिइएको केन्द्रीय सदस्य यज्ञराज सुनुवारले जानकारी दिए । उनका अनुसार पहिलो दिनको बैठकमा २७ जनाले धारणा राखेका छन् ।

केन्द्रीय सदस्यहरुलाई आफ्नो भनाइ राख्न ३ मिनेटको समय दिइएको छ । ३ मिनेट कटेपछि स्वतः लाइन काटिने संसदको जस्तै व्यवस्था गरिएको छ । ३ मिनेटमा सदस्यहरुले बुँदागत रुपमा सुझाव र धारणा राखेका छन् ।

पोलिटव्युरो सदस्य विशाल भट्टराईले यो पटक केन्द्रीय कमिटीका इच्छुक हरेक सदस्यले खुलस्त आफ्नो धारणा राख्न दिइएको र एमालेमा बोल्न पाइँदैन भन्ने विरोधीहरुको भाष्यलाई खण्डित गरेको बताए ।

आइतबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुले धारणा राखेका छन् । बैठक मंगलबारसम्म चल्नेछ ।


प्रतिक्रिया

One thought on “एमाले बैठकमा प्रत्येक सदस्यलाई बोल्न ३ मिनेट, समूहगत छलफलको प्रचलन भत्कियो

  1. त्यो प्रभू साह भन्नेले दैनिक ओलिलाई गाली नगरी भात खादैनजस्तो छ । अनि त्यसले भनेको मनपरी कुरा अरू कसैले छाप्दैन ऋषि धमलाले रिपोर्टस् नेपाल भन्ने अनलाईनमा छाप्छ । यो छलफलमा यी दुवै कुराको सख्त विरोध गरेर तिनलाई प्रतिआक्रमण गर्ने विषयमा छलफल होस् । दुबै एकैतिरबाट सञ्चालित हुनुपर्छ । मालिकले एउटालाई मनपरी गाली गर्न लगाउँछ अर्कोलाई छाप्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *