माओवादी बैठक- कांग्रेस र एमालेसँग चुनावी गठबन्धन नगर्ने, माधव नेपालदेखि प्रभु साहसँग एकता (भिडिओ)
काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी चुनावमा कांग्रेस र एमाले जस्ता पार्टीसँग मिलेर चुनाव नलड्ने भएको छ । केन्द्रीय समितिको आइतबारको बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्तावबारे जानकारी दिँदै उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले गठबन्धन नगरी एक्लै चुनाव लड्ने बताए ।
उनले नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा बहुमत, विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य, प्रभु साहलगायतका पार्टीहरुसँग एकताको पहल गर्ने प्रस्ताव बैठकमा अध्यक्षले राखेको बताए ।
बैठकमा अध्यक्ष प्रचण्डले जनतामा जाने अभियानअन्तर्गत पहिलो चरणमा हुलाकी राजमार्ग केन्द्रित तराई-मधेशको अभियान चलाउने र त्यसपछि मध्यपहाडी राजमार्गमा अभियान सञ्चालन गर्ने प्रस्ताव राखेका छन् ।
यसअघि एमालेले गरे जस्तै राजमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने माओवादीको तयारी छ ।
दिल्लीका दलालहरूको एकता दिल्लीका दलालहरूसँग नै हुन्छ ।