माओवादी केन्द्रीय कमिटी बैठक : प्रदेश अध्यक्षले धारणा राख्ने क्रम सकियो
काठमाडौं । आइतबारदेखि सुरु भएको नेकपा (माओवादी केन्द्र)को बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।
आइतबार दिउँसो १ बजेदेखि सुरु भएको बैठकको पहिलो दिन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक विषयमा ब्रिफिङ गरेका थिए भने त्यसपछि उनले राजनीतिक एवम सांगठनिक प्रतिवेदन पेश गरेका छन् ।
अध्यक्ष प्रचण्डदले प्रतिवेदन पेश गरे लगत्तै सबै प्रदेश र अन्तराष्ट्रिय समितिका अध्यक्ष, इञ्चार्ज एवम प्रतिनिधिले आफ्नो धारणा राखेका छन् ।
जसमा कोशी प्रदेशका अध्यक्ष हर्क नेम्वाङ, मधेश प्रदेशका अध्यक्ष अनुपस्थित रहेका कारण पार्टी सचिव लिलामणी पोखरेल, गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ, लुम्बनी प्रदेश अध्यक्ष सुदर्शन बराल, कर्णाली प्रदेश अध्यक्ष बिमला केसी, सुदूरपश्चिम प्रदेश अध्यक्ष हरी चौधरी, विशेष प्रदेशको अध्यक्ष अनुपस्थित भएका कारण इञ्चार्ज हितमान शाक्यले धारणा र।ाखेका पार्टीका उपाध्यक्ष एवम प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
उनका अनुसार सम्पर्क समन्वय प्रदेशको तर्फबाट श्रीकृष्ण अधिकारी, सार्क प्रदेशको राजेन्द्र शर्मा, एसिया प्रवास समितिको शनीकुमार अली, पश्चिम महादेश समितिको अध्यक्ष अनुपस्थित भएका कारण इञ्चार्ज एवम पार्टी सचिव राम कार्की लगायतले धारणा राखेका छन् ।
प्रवक्ता सापकोटाका अनुसार उनीहरुले राजनीतिक एवम सांगठनीक गतिविधि भइरहेका, पार्टी गतिशिल, चलायमान भइरहेको, पालिका सम्मेलन भइरहेका, खवरदारी सभा भइरहेका, पार्टी प्रवेशको क्रम बढेको धारणा राखेका छन् ।
उनीहरुले धारणा राखेलगत्तै पार्टी अध्यक्ष प्रचण्डले राजनीतिक एवम सांगठनिक प्रतिवेदन पेश गरेका छन् । प्रतिवेदन पेश गर्दै उनले पार्टीप्रति देशभर सकारात्मक वातावरण सृजना भएको, जनतातिर फर्किनुपर्ने, देशव्यापी अभियान सञ्चालन गर्नुपर्ने, फागुन १ देखि हुलाकी राजमार्गलाई केन्द्रित गरेर एक महिने तराई मधेश जागरण अभियान सञ्चालन गर्ने र थप एक महिना पूर्व पश्चिम राजमार्गलाई केन्द्रित गरेर विशेष अभियान सञ्चालन गरिने उक्त अभियानमा पार्टीका सबै पदाधिकारी सहभागि हुने बताएका छन् । अध्यक्ष प्रचण्डले उपत्यका विशेष अभियान पनि सञ्चालन गर्ने र अन्य विभिन्न अभियान चलाउने पनि प्रतिवेदनमार्फत सार्वजनिक गरेका छन् ।
उनका अनुसार विज्ञान र प्रविधि एवम नवप्रवर्तनमा जोड दिने, युवा वैज्ञानिक सम्मेलन आयोजना गर्ने, आगामी निर्वाचनमा एक्लै निर्वाचनमा सहभागि हुनेगरी तयारी गर्ने, संविधान संशोधनमा अग्रगमन र परिवर्तनको पक्षको बहसलाई अघि बढाउने, टिआरसी विधेयक पारित भए पनि सिफारिस समितिले पदाधिकारी सिफारिस गर्न नसकेकाले त्यसमा पहल गर्ने प्रतिवेदनमार्फत सार्वजनिक गरिएको छ ।
अध्यक्ष प्रचण्डले बामपन्थी एकिकरणका लागि बैज्ञानिक समाजवाद मान्नेसँग एकताका लागि पहल गर्ने, जसमा विप्लव समूह, बहुमत समूह, नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी (नेसपा), प्रभु साह नेतृत्वको नेपाल आम पार्टी लगायतसँग एकताका लागि पहल गर्ने प्रतिवेदनमा उल्लेख गरेका छन् ।
अध्यक्ष प्रचण्डको प्रतिवेदनमा महिला, दलित तथा मुस्लिमलाई विशेषाधिकार दिने विषय अन्यौलमा परिरहेको भन्दै अब महिलाको सहभागिता ५० प्रतिशतमा पुर्याउने, दलित, मुस्लिम तथा पिछडिएको वर्ग तथा समुदायको प्रतिनिधित्व बढाउन पहल गर्ने उल्लेख छ ।
प्रतिवेदनअनुसार नेकपा (एमाले) र नेपाली काँग्रेस सहितको केपी ओली नेतृत्वको सरकार असफल भइसकेको, भूष्टाचार नियन्त्रण, सुशासन कायम गने ता राष्ट्रिय एकता सुदृढ लगायतका काममा उल्टो बाटोतिर सरकार गइरहेको निष्कर्ष निकालिएको छ ।
माओवादीले सरकार संसदको अधिवेशन बोलाउनमा भन्दा अध्यादेशमार्फत चलाउन खोजिरहेको र राजनीतिक दल फुटाउन अग्रसर देखिएको भन्दै यो सैह्य नहुने तथा यसको विरुद्ध माओवादी खरो उत्रिने पार्टी प्रवक्ता सापकोटाको भनाइ छ । उनका अनुसार आइतबार साँझ स्थगित भएको बैठक सोमबार बिहान ११ बजेदेखि पुन सुचार हुनेछ ।
माओवादीको मुख्य ध्यान अहिले ओलिलाई सजिलै सत्ता चलाउन नदिने भन्ने हो । सत्ताबाट हटेपछि लुटेरा माओवादीहरू करिव करिव बहुलाजस्ता भएका छन् । भारतको निर्देशनमा उसको भाडाको टट्टु बनेर प्रचण्ड अराजकता मच्चाउन तल्लिन छ । माल्दिभ्सको विपक्षिलाई सरकार पल्टाउन ६० लाख अमेरिकी डलर दिएको भारतले माओवादीलाई पनि पैसा दिएको हुनुपर्छ । बिआरआईमा सम्झौता गरेको भनेर ओलि मोदीको लागि घाँडो भएका छन् । माओवादी जस्ता हत्यारा, विदेशीका दलाललाई नेपाली जनताले सडक, सदन सबै ठाउँबाट लखेटनु पर्छ अब । नेपाल बिगार्ने नै प्रचण्ड माओवादी हो । प्रचण्डले आफू , परिवार र आफ्ना भरौटेहरूलाई मोज गर्न १७००० मान्छे मारेको हो । माओवादीलाई अब जताततैबाट खेदनुपर्छ । यो विशुद्व भारतले नेपालमा अराजकता मच्चाउन खडा गरेको दलाल पार्टी हो र त्यसको नाईके प्रचण्ड हो ।