‘मानसिक स्वास्थ्यसम्बन्धी चेतना र पैरवी जनमानसमा पुग्न सकेको छैन’ – Nepal Press

‘मानसिक स्वास्थ्यसम्बन्धी चेतना र पैरवी जनमानसमा पुग्न सकेको छैन’

काठमाडौं । मानसिक स्वास्थ्यसम्बन्धी चेतना र पैरवी जनमानसमा पुग्न नसकेकामा सरोकार भएकाहरूले चिन्ता व्यक्त गरेका छन् । ब्रेन एन्ड न्युरोसाइन्स सेन्टर (बिएएनसी) नेपालको शुभारम्भ कार्यक्रममा वक्ताहरूले मानसिक स्वास्थ्यबारे अझै पनि खुलेर कुरा गर्न सक्ने अवस्था नभएको र जनचेतना पुग्न नसकेको बताएका हुन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले पनि मानसिक स्वास्थ्यसम्बन्धी सचेतना थप बढाउनुपर्ने आवश्यकता रहेको बताए ।

उनले भनिन्, ‘मानसिक रोग के हो भनेर बुझाउन सकिएको छैन । यस सेवाको पहुँच विस्तारका लागि पनि काम गर्नु पर्नेछ । हाल धेरैजसो सेवा राजधानी केन्द्रित छन्, १४ वटा जिल्लामा मात्र यो सेवा पु¥याउन सकेका छौँ । जनशक्तिको कमका कारण यस्तो भए हो । सेवा विस्तारका लागि हामी प्रयासरत छौँ ।’

त्रिवि शिक्षण अस्पतालका मानसिक रोग विभाग प्रमुख प्रा डा सरोजप्रसाद ओझाले नेपालमा मानसिक स्वास्थ्य सेवाको पहुँच सबै क्षेत्रमा पुग्न नसकेको बताए । ‘मानसिक समस्या भन्नेबित्तिकै गलत बुझाइ छ तर यसलाई चिर्न सबैतिर यससम्बन्धी सचेतना बढाउन सकिएको छैन । यस्ता खालका संस्थाको आवश्यकता बढ्दै गएको छ’, उनले भने ।

मानसिक रोग विशेषज्ञ डा रवि शाक्यले मानसिक समस्या बढ्दै गएको तर जनचेतनाको अभावकै कारण अझै पनि धेरैले खुलेर भन्न नसकेको धारणा राखे । उनले धेरैले मानसिक समस्या यकिन भए पनि कहाँ जाने भनेर थाहा नपाउने र थाहा भएकाहरू पनि सही ठाउँमा पुग्न नसकेका बताए ।

सेन्टरका संस्थापक निर्देशक तथा मनोचिकित्सक डा ऋषभ कोइरालाले मानसिक स्वास्थ्य प्रवद्र्धन र विकास गर्न सेन्टरको स्थापना गरिएको बताए । उनका अनुसार सेन्टरले मनोचिकित्सक तथा मनोविद्मार्फत मानसिक ओपिडी सेवा, मनोवैज्ञानिक परामर्श, व्यक्तिगत थेरापी, टेलिपरामर्शलगायत सेवा र मानसिक स्वास्थ्यसम्बन्धी विभिन्न अध्ययन अनुसन्धान गर्ने उद्देश्यअनुसार काम भइरहेको छ । –रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर