१०७ पटक रक्तदान गर्ने उपाध्यायलाई स्वास्थ्य दूत नियुक्त
नेपाल प्रेस
२०८१ पुष २२ गते ७:४५
कैलाली । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य दूतमा दीपकप्रसाद उपाध्यायलाई नियुक्त गरेको छ ।
एक सय सात पटक रक्तदान गरिसकेका कैलालीको धनगढीका उपाध्यायलाई दूतमा नियुक्त गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उपाध्यायलाई स्वास्थ्य सम्बन्धी जनचेतना अभियान र रक्तदान कार्यक्रममा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै दूतमा नियुक्त गरिएको हो ।
यस्तै उपाध्यायलाई सम्मान पनि गरिएको छ ।
सबै सरकारी अस्पतालमा निःशुल्क रगत सेवाको सुरुवात कार्यक्रममा मुख्यमन्त्री कमलबहादुर शाहले उपाध्यायलाई सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर