होटल तथा पर्यटन क्षेत्रका सात कम्पनी आईपीओ ल्याउने तयारीमा – Nepal Press

होटल तथा पर्यटन क्षेत्रका सात कम्पनी आईपीओ ल्याउने तयारीमा

काठमाडौं । सात वटा होटल साधारण शेयर (आईपीओ) ल्याउने तयारीमा रहेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को आईपीओ पाइपलाइनमा होटल तथा पर्यटन क्षेत्रबाट ७ वटा कम्पनी रहेका छन् ।

सेबोनका अनुसार होटल तथा पर्यटन क्षेत्रका सात कम्पनीले ३ अर्ब ३१ करोड १० लाख रुपैयाँ बराबरको ३ करोड ५३ लाख ६० हजार कित्ता आईपीओ ल्याउन लागेका हुन् । यी कम्पनीहरूले आईपीओ निष्कासन गर्न स्वीकृति माग गर्दै सेबोनमा आवेदन दिएर अनुमतिको पर्खाइमा रहेको छन् ।

एपेक्स हस्पिटालिटी लिमिटेडले २४ करोड रुपैयाँ बराबरको २४ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । यसका साथै होटल फरेष्ट इन लिमिटेडले ९८ करोड बराबरको ९८ लाख कित्ता आईपीओ ल्याउने तयारी गर्दा अर्किड होल्डिङ्स लिमिटेडले १ अर्ब १५ करोड बराबरको १ करोड १५ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ ।

त्यस्तै, अन्नपूर्ण केबलकारले ३१ करोड बराबरको ३१ लाख कित्ता आईपीओ ल्याउने तयारी गर्दा बन्दीपुर केबल कार एन्ड टुरिज्म लिमिटेडले ३० करोड ६० लाख बराबरको ३० लाख ६० हजार कित्ता ल्याउने भएको छ ।

यस्तै, आकामा होटल लिमिटेडले २२ करोड ५० लाख बराबरको ४५ लाख कित्ता र ठमेल प्लाजा होटल एन्ड सुइट्स लिमिटेडले १० करोड बराबरको १० लाख कित्ता आईपीओ निष्कासनको तयारीमा रहेको सेबोनले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर