रवि लामिछानेको तर्फबाट आज थुनछेक बहस हुँदै (भिडिओ) – Nepal Press

रवि लामिछानेको तर्फबाट आज थुनछेक बहस हुँदै (भिडिओ)

पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आज कास्की जिल्ला अदालतमा रवि लामिछानेको तर्फबाट कानून व्यवसायीहरूले थुनछेक बहस गर्दैछन् ।

जिल्ला न्यायाधीश नितिश राईको इजलासमा आजदेखि रवि लामिछानेको तर्फबाट कानून व्यवसायीहरूको थुनछेक बहस गर्न लागेका हुन् ।

यसअघि सोही प्रकरणमा पूर्वडीआईजी छविराज जोशी र लीला पछाईको तर्फबाट थुनछेक बहस भइसकेको छ भने सोही प्रकरणमा पक्राउ परेका कृष्णबहादुर गुरुङ उनकी छोरी गण्डकीकी पूर्वसांसद मीना गुरुङ, अनिता गुरुङ र रामबहादुर खनालको थुनछेक बहस हुन बाँकी छ ।

यसैबीच रवि लामिछानेका तर्फबाट कास्की जिल्ला अदालतमा थुनछेक बहसमा सहभागी कानून व्यवसायी यज्ञमणि न्यौपानेले सहकारी पीडितहरूले बचत रकम फिर्ता नपाउने परिस्थिति बन्दै गएको बारे इजलासमा कुरा उठ्न थालेको बताएका छन् ।

सहकारी पीडितहरूको सर्वत्र आन्दोलन चलिरहेका बेला आफ्नो बचत रकम नपाउने परिस्थति बन्दै गइरहेको बारे इजलासमा छलफल भएको अधिवक्ता न्यौपानेले बताए ।

अहिले रवि लामिछाने लगायतलाई लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाका कारण सहकारी पीडितहरुले रकम फिर्ता पाउने परिस्थिति नरहेको कतिपय कानून व्यवसायीले बताउँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *