एमाले सांसद राईको रामहरि खतिवडालाई प्रश्न- प्रधानमन्त्रीलाई भेट्न जानुपर्छ भन्नुभयो, फेरि किन गइएन ? (भिडिओ) – Nepal Press

एमाले सांसद राईको रामहरि खतिवडालाई प्रश्न- प्रधानमन्त्रीलाई भेट्न जानुपर्छ भन्नुभयो, फेरि किन गइएन ? (भिडिओ)

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले बैठक विनातयारी बोलाएको भन्दै प्रश्न गरेका छन् ।

समितिको सोमबार बसेको बैठकमा उजुरीमाथिको छलफलका क्रममा उनले समिति सभापति तथा सचिवालयले विनातयारी बैठक बोलाउने गरेको भन्दै आफूअघि बोलेका कांग्रेस सांसद हृदयराम थानीको भनाइमा समर्थन जनाए ।

उनले भने, ‘बैठक त बोलाउनुभयो, तर खै तयारी गर्नुभएको ? तपाईंको सचिव कमजोर छ । तपाईं असफल हुनु भनेको कांग्रेस असफल हुनु हो । सदस्यज्यूलाई जानकारी गराउनुपर्‍यो । कसरी छलफल गर्नुहुन्छ ? सचिवालयले तयारी गर्नुपर्‍यो । म सभापतिलाई तयारी गर्न अनुरोध गर्दछु ।’

एमाले सांसद राईले धेरै पटक आफू धनकुटाबाट समितिको बैठकमा सहभागी हुन आए पनि बैठक नबसेर यत्तिकै फर्किनुपरेको गुनासो गरे ।

सांसद राईले भने, ‘सभापतिज्यूलाई बैठक कहिले हुन्छ भनेर सोधेपछि भोलि हुन्छ भनेर भन्नुहुन्छ । धनकुटाबाट हवाईजहाज चढेर आउँछु, तर भोलि बैठक हुँदैन । सचिवालयले फोन गर्दा म बुझ्दै बुझ्दैन । म कमजोर हो कि समितिको सचिवालय कमजोर हो ?’

‘हृदयराम थानीले उठाएको प्रश्न ठीक छ । प्रधानमन्त्रीलाई अस्ति भेट्न गइहाल्नुपर्छ भनेर भन्नुभयो, फेरि जानुभएन । यति जाने भन्नुभयो, फेरि गइएन । सदस्यलाई कमान्ड गर्ने तौरतरिका सिक्नुभएन भने यो समितिको गरिमा घट्छ । तपाईंलाई थाहा छ, म त सोझो मान्छे हो । यो विषयमा सचिवालयले एउटा बाटो तय गर्नुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर