काठमाडौंसहित शहरी क्षेत्रमा माओवादीलाई ‘नम्बर वान’ बनाउन प्रचण्डको यस्तो कार्ययोजना
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौं उपत्यकासहित शहरी क्षेत्रको जनमत बढाउने कार्ययोजना पेस गरेका छन् । जारी केन्द्रीय कमिटीको बैठकमा शहरी क्षेत्रमा जनमत बढाउने केही योजना सार्वजनिक गरेका हुन् ।
काठमाडौं उपत्यकासहित शहरी क्षेत्रमा माओवादीको जनमत कमजोर छ । प्रचण्डले उपत्यकाको ऐतिहासिक पुरातात्विक सांस्कृतिक महत्वको व्यक्तित्व, संस्था र सम्पदाहरूको जगेर्ना गर्ने, सहरीकरणको बसोबास व्यवस्थित बनाउने, पराम्परागत सम्पदा, सांस्कृतिक धरोहर र संस्कृति रक्षासहितको विकास, फोहोर व्यवस्थापन, खानेपानी र ढल निकासको व्यवस्थामा जोड दिनुपर्ने प्रस्ताव अघि सारेका छन् ।
यस्तै, सार्वजनिक यातायातको व्यवस्थापन, नदी किनारका बस्तीहरुको व्यवस्थापन, सुकुमबासी समस्या समाधानलगायतका विषय उल्लेख गरेका छन् ।
माओवादीको जारी बैठकमा अहिले अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्तावमाथि नेताहरूले आफ्नो धारणा राखिरहेका छन् ।
बहुत राम्रा कुरा !! तर प्रचण्डको कथनी र करनी ठिक उल्टो !!!
कसरी भनेर प्रश्न उठ्यो मनमा भने सोचम त बिगत : भारत संग सुरंग युद्द बाहिर बाहिर : भित्र भित्र कम्फ़र्टेबल बन्न कसरत !!!
MCC को बिरोधमा सडकमा उत्पात :संसद भित्र MCC पास गरन मरिहत्ते … कत्ति छन् कत्ति यस्ता कुरा :
प्रचण्ड पथ भ्रम, प्रचण्ड भ्रमको मुहान !!!