नेकपा एसका केन्द्रीय सदस्य गोविन्द चेपाङ एमालेमा फर्किए, बैठकस्थलमै गरियो स्वागत
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य गोविन्दराम चेपाङ आज नेकपा एमालेमा फर्किएका छन् ।
च्यासलमा जारी केन्द्रीय कमिटीको बैठकबीचमै उनी एमालेमा भित्रिएका हुन् । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूले चेपाङलाई स्वागत गरे । संविधानसभा सदस्यसमेत रहेका चेपाङ नेकपा एसनिकट आदिवासी जनजाति फाँटका सहइञ्चार्ज थिए ।
नेकपा एसको महाधिवेशनपछि पार्टी छाडेर एमाले फर्किने चेपाङ दोस्रो केन्द्रीय सदस्य हुन् । उपचुनावअघि अर्का केन्द्रीय सदस्य जंगवहादुर शाही एमालेमा फर्किएर महाबु गाउँपालिका अध्यक्ष निर्वाचित भइसकेका छन् । चेपाङ संविधानसभाका सदस्य समेत हुन् ।
बैठकमा अहिलेसम्म ६४ केन्द्रीय सदस्यले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि बोलेका छन् । स्थायी र पोलिटब्युरोका ५२ जनाले बोल्न बाँकी छ ।
ईमानदार र देशभक्तहरू जोडिने भनेकै एमालेसँग हो । माओवादी र एसमा रहेका ईमानदार र देशभक्तहरू ( जाली फटाहा र दलाल होईनन ) अब एमालेमा जोडिन ढिला गर्नु हुँदैन ।