माओवादी बैठकमा प्रस्ताव- नेताहरुले जाँडरक्सी नखाऔं, जुवातास नखेलौं
प्रचण्डको राजनीतिक प्रतिवेदनबाट योगको विषय हटाउन सुझाव
काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय कमिटीको बैठकमा नेता कार्यकर्ताहरुले जाँड रक्सी नखाने र जुवा तास खेल्न नहुने प्रस्ताव पेश गरिएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रस्तावमाथि आफ्नो धारणा राख्दै नेता सुदन किराँतीले यस्तो प्रस्ताव राखेका हुन् ।
उनले योगको विषयमा अध्यक्ष प्रचण्डको प्रतिवेदनबाट हटाउन सुझाव दिएका छन् । प्रचण्डको प्रतिवेदनमा नेता कार्यकर्ताहरुले नियमित रूपमा योग र ध्यान गर्नुपर्ने उल्लेख छ ।
त्यसबारे किराँतीले भने, ‘योग राजनीतिक दस्तावेजमा नराखौं । यो व्यक्तिगत रुचिको अतिरिक्त क्रियाकलाप हो । राख्नु परे फिजियो, मर्निङवाक, मुन्धुमका विजुवा, फेदाङमा धामी-झाँक्रीको कुरा राखौं ।’
भनेसी आयातित माउबादी सिदान्त बोक्नेहरू जुवातास , रौसीपान सब गर्दा रहेछन्। यौन ब्याभिचार चाही छुट हो? कि लास्टमा फर्गट ऐस्टरडे भने पुग्ने हो!!
योगमा आईपुग्यो माओवादी । अब कुनै दिन कार्यकर्ताले नित्य पूजापाठ गर्नुपर्छ भन्ने दिन अवश्य आउँछ जब प्रचण्डलाई आखिर श्रीकृष्ण रहेछ एक न भो बुद्वि न भो विवेक भन्ने लाग्छ । कथित जनयुद्वमा धर्म, पूजापाठको नाममा गाउँगाउँमा किन विध्वशं मच्चाएको ? कि दिल्लीको आदेश नै त्यहि थियो ?
हैट ! कमरेड हरु के मर्जी भएको यस्तो ? यसो १ /२ प्याक हान्दैमा के रोक लाउनु हो यस्तो ठन्डामा ! विचार गरुम है !