एमाले बैठकको निष्कर्ष- व्यक्तिगत स्वार्थ पूरा गर्न तल्ला तहमा बनाइएका साना समूहको अन्त्य गर्नुपर्छ (भिडिओ) – Nepal Press

एमाले बैठकको निष्कर्ष- व्यक्तिगत स्वार्थ पूरा गर्न तल्ला तहमा बनाइएका साना समूहको अन्त्य गर्नुपर्छ (भिडिओ)

भीम रावलसहित तीन नेताको कारबाहीबारे कसैको फरक मत नरहेको दाबी, नेताहरुलाई बोल्न कुनै बन्देज नलगाइएको प्रष्टीकरण

काठमाडौं । नेकपा एमालेले पार्टीभित्र तल्लो तहसम्म गुट फैलिएको विषयमा समीक्षा गरेको छ । जारी केन्द्रीय कमिटीको बैठकमा बोल्ने नेताहरुले गुटबन्दी अन्त्य गर्नुपर्ने विषयमा जोड दिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

उनले भने, ‘पार्टीभित्र आफ्नो स्वार्थ पूरा गर्न विभिन्न समूह बनाएर आगामी अधिवेशनमा वडा, पालिका, प्रदेश, संघमा उठ्ने तयारी गर्न ससाना समूह बनाइएको आभाष भएको छ, तर विचारधारात्मक र संगठनात्मक रुपमा पार्टीमा कुनै गुट छैन । पार्टीलाई एक ढिक्का बनाएर अगाडि लानुपर्छ । त्यसका निम्ति पार्टीको वैचारिक दिशाबाट अगाडि बढाउनुपर्छ ।

नेता गौतमले पार्टी स्कुलिङलाई लगातार सञ्चालन गर्नुपर्छ भन्ने विषयमा नेताहरुले जोड दिएको बताए ।

उनले थपे, ‘पार्टीलाई सवल बनाउँदै जनतासँगको सम्बन्ध सुदृढ बनाउन वडा केन्द्रित सांगठनिक प्रस्ताव छ, त्यसलाई कार्यान्वयन गर्ने कुरामा हामीले भूमिका खेलेका छौं । कार्यान्वयन गर्ने कुरामा नीतिगत रुपमा जिल्ला र प्रदेश इन्चार्जलाई निर्देशित गर्ने, जिम्मेवारी गाउँमा लिने शहरमा बस्ने त्यसको अनुगमन गर्नुपर्छ । त्यसरी पार्टी चल्दैन ।’

नेताहरुको कारबाहीबारे सचिवालयभन्दा केन्द्रीय कमिटीमा एकमत भएको उनले दाबी गरे ।

उनले भीम रावलसहित तीन नेताको कारबाहीबारे भने, ‘कसैले फरक मत राख्नुभएको छैन । कारबाहीको पुनर्विचार गर्न उहाँहरुको गतिविधिमा भर पर्छ । उहाँ कोकोसँग मिलेर केके गर्दै हुनुहुन्छ, पार्टीमा जानकारी भइरहन्छ ।’

उनले जनवादी तरिकाले बैठकमा नेताहरुलाई लागेको कुरा बोल्न कुनै बन्देज नलगाइएको दाबी गरे ।


प्रतिक्रिया

One thought on “एमाले बैठकको निष्कर्ष- व्यक्तिगत स्वार्थ पूरा गर्न तल्ला तहमा बनाइएका साना समूहको अन्त्य गर्नुपर्छ (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर