महाधिवेशन मिति तोक्नेबारे माओवादीमा मतभेद, नेताहरूको जीवनशैलीमा उठ्यो प्रश्न (भिडिओ)
माओवादीको निष्कर्ष- प्रचण्डसहित सबै नेता कार्यकर्ता अनिवार्य रुपमा श्रम र उत्पादनमा जोडिनुपर्छ
काठमाडौं । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सबै नेता कार्यकर्ता श्रम र उत्पादनसँग जोडिनुपर्ने निष्कर्ष निकालेको छ । जारी केन्द्रीय कमिटीको बैठकमा आज ८० जनाले बोलेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।
उनले भने, ‘प्रष्ट विचार र स्पष्ट राजनीतिक दृष्टिकोणसहित अगाडि बढ्नुपर्छ । नेताहरूको जीवनशैलीबारे पारदर्शी हुनुपर्छ । उच्च नैतिक चरित्र र सबैको विश्वास जित्ने खालको हुनुपर्छ भन्नेमा नेताहरूको जोड छ । अध्यक्षसहित सबै नेता कार्यकर्ता श्रम र उत्पादनमा जोडिनुपर्छ । सबैको दण्डहिनताको अन्त्य गर्नुपर्छ ।’
माओवादीलाई अहिले अवसर प्राप्त भएकाले एकताबद्ध भएर पार्टी निर्माणमा जानुपर्नेमा नेताहरू एकमत रहेको जिकिर गरे ।
उनले भने, ‘हामीले विभिन्न अभियान चलाउने तयारी गरेको छौं । महाधिवेशन अभियानमा गएर आएपछि मात्रै मिति तोक्नुपर्छ भन्ने केही नेताहरूको मत छ । तर, केहीले अहिले नै तोक्नुपर्छ भनिराख्नुभएको छ । त्यबारेमा मिश्रित कुरा उठेको छ । यसबारे अन्तिममा निर्णय हुन्छ ।’
उनले सदनको छिटो आह्वान गर्नको लागि अन्य पार्टीसँग पनि छलफल गरेर अघि बढ्नुपर्ने कुरा नेताहरूले राखेको बताए ।
माओवादी अब उत्पादनसँग जोडिने ? यस्ता नाटक कुरा पनि जनताले पत्याउँछन भनेको ? सबैभन्दा ठग नै माओवादीमा छन् ?