मंगलवार बिहानै शक्तिशाली भूकम्प, ७ रेक्टरस्केल मापन
काठमाडौं । मंगलवार बिहान काठमाडौं लगायत आसपासका क्षेत्रमा क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प ७ रेक्टर स्केलको मापन भएको छ ।
भूकम्पको केन्द्रबिन्दु चीनको चिब्बत स्वायत्त क्षेत्रको झिजाव सहरको एउटा काउन्टी हो ।
नेपालको संखुवासभा, ताप्लेजुङ, काठमाडौंसहित देशभरि हल्लाएको छ । साथै भारतको सिक्किममा पनि धक्का महसुस भएको छ ।
मधेश प्रदेशका नेपाल प्रेस संवाददाता सन्तोष यादवका अनुसार मधेश प्रदेशका विभिन्न जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।
यस्तै हेटौंडाबाट धर्मेन्द्र दाहालका अनुसार हेटौंडामा पनि विहानै सर्वसाधारण घरबाट बाहिर निस्किएका छन् ।
भूकम्पको धक्का महसुुस भएपछि अहिले नागरिकहरु घरबाहिर निस्किएका छन् ।
देशभर हल्लाएको छ । भूकम्पबाट क्षति विवरण भने आउन बाँकी छ ।