भूकम्पको केन्द्रबिन्दु चीनको तिब्बत, ७ रेक्टरस्केल मापन
नेपाल प्रेस
२०८१ पुष २३ गते ७:२२
काठमाडौं । मंगलावार बिहानै काठमाडौं लगायत देशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।
भूकम्पको केन्द्रबिन्दु चीनको तिब्बत स्वायत्त क्षेत्रको झिजाव सहरको एउटा काउन्टी हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ७ रेक्टर स्केलको भूकम्प मापन भएको छ ।
नेपालको संखुवासभा, ताप्लेजुङ, काठमाडौंसहित देशभरि हल्लाएको छ । साथै भारतको सिक्किममा पनि धक्का महसुस भएको छ ।
चितवनबाट प्रतिमा सिलवालका अनुसार चितवनमा भूकम्पको कम्पन महसुस भएको तर क्षति भएको जानकारी भने नआएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।
प्रतिक्रिया
सम्बन्धित खवर