बाबुरामको टिप्पणी- विद्या र नन्दबहादुर सक्रिय राजनीतिमा आउनु एमाले र माओवादीको मात्रै विषय होइन – Nepal Press

बाबुरामको टिप्पणी- विद्या र नन्दबहादुर सक्रिय राजनीतिमा आउनु एमाले र माओवादीको मात्रै विषय होइन

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ) शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वराष्ट्रपति विद्या भण्डारी र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पूर्वपार्टीमा सक्रिय हुने विषय व्यक्ति र पार्टीको मात्र सरोकारको विषय नभएको टिप्पणी गरेका छन्।

पूर्वराष्ट्रपति भण्डारी एमालेमा सक्रिय हुने गृहकार्यमा छिन् भने पूर्वउपराष्ट्रपति पुन माओवादीको केन्द्रीय कमिटीको बैठकमै सहभागी भइरहेका छन्। यद्यपि, माओवादी बैठकमा पनि पूर्वउपराष्ट्रपति राजनीतिमा आउन नहुने भन्दै केही नेताहरू विरोध पनि जनाएका छन्।

त्यसबारे पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले भनेका छन्, ‘पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति आ-आफ्नै पूर्व पार्टीमा फर्केर क्रियाशील हुने कुरा उहाँहरू र उहाँहरूको पार्टीको मात्र सरोकारको विषय हैन। यो हामीले संघर्ष गरेर ल्याएको लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र संविधानको मूल अन्तरवस्तुको रक्षा र विकासको विषय हो।’

उनले पूर्व राष्ट्रपति र पूर्वउपराष्ट्रपति सक्रिय राजनीतिमा आउनेबारे एमाले र माओवादीलाई समेत ध्यानाकर्षण गराएका छन्।

उनले थपेका छन्, ‘साथै उहाँहरू दुवै कम्युनिष्ट’ पृष्ठभूमिबाट आउनु भएकाले उहाँहरू र उहाँहरूका पूर्व पार्टीहरू परम्परागत रूपमा पार्टी र राज्यलाई एउटै मान्ने एक दलीय प्रणालीका पक्षधर हुन् कि हाम्रै विशेषताको बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीलाई अंगिकार गर्ने राजनीतिक शक्ति हुन् भन्ने परीक्षण गर्ने महत्वपूर्ण कसौटी पनि हो। त्यसैले यसवारे सम्बन्धित सबैको गम्भीर ध्यान पुगोस्।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर